• होमपेज
  • राजनीति
  • नेकपा एकता : छलफलमा शिर्ष नेतृत्व

नेकपा एकता : छलफलमा शिर्ष नेतृत्व

  • मङ्लबार, चैत्र २६, २०७५
नेकपा एकता : छलफलमा शिर्ष नेतृत्व

काठमाडौं । तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउँन शिर्ष नेताहरु छलफलमा जुटेका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेलले एकता टुंगो लगाउँने बिषयमा सोमबार छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सामुहिक एवं छुटाछुटै छलफलमा बैशाख पहिलो साता भित्रमा एकता टुंगो लगाउँने निष्कर्ष नेताहरुको रहेको छ । छलफलमा सहभागि एक नेताका अनुसार एकता टुंगो लगाउँनमा भएको ढिलाईले पार्टी र सरकारको काममा समेत प्रभाव परेकाले ढिला नगरी एकता सम्बन्धी बाँकी काम टुंग्याउँनु पर्ने छ । छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत अध्यक्षद्धय ओली र दाहालले बोलाए पनि उनी अस्वस्थ भएकाले गएनन् । एकता टुंगो लगाउँने बिषयमा आईतबार अध्यक्षद्धय र सचिवालय सदस्य बामदेव गौतमसंग छलफल भयो ।

पार्टी एकता भएको एक बर्ष पुग्नै लाग्दा तल्लो तहको कमिटीको टुंगो नलागेपछि नेकपा अध्यक्षद्धय ओली र दाहालले छलफल तिब्र बनाएका हुन् । प्रधानमन्त्री समेत रहेका ओली सरकारको काममा व्यस्त रहेका छन् । दाहाल हालै अमेरिकाबाट पत्नी सीता दाहालको उपचार गरी फर्किका छन् । दुई अध्यक्षले एकता टुंगो लगाउँनमा भएको ढिलाईले पार्टी र सरकारको काममा समेत प्रभाव परेको निष्कर्ष निकाल्दै छिटै टुंगो लगाउँन तातेका हुन् ।

अध्यक्षद्धय ओली र दाहालसंग सचिवालय सदस्य गौतमले तल्लो कमिटीको टुंगो लगाउँदा बिधि, प्रक्रिया, मापदण्ड, वरियता एवं क्रियाशिलतालाई ध्यान दिनुपर्ने सुझाव दिए । वरिष्ठ नेता नेपालले समेत यही कुरा उठाउँदै आएका छन् ।

पार्टी सचिवालयमा रहेका नेताका बीचमा सहमती जुटाएर बैठकमा प्रस्ताव पेश गर्ने तयारी अध्यक्षद्धयले गरेका छन् । नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले ढिलोमा बैशाख पहिलो हप्ता भित्रमा टुंगो लगाउँने गरी शिर्ष नेतृत्वका बीचमा छलफल चलिरहेको वनखबर डटकमलाई बताए ।

नेकपा एक नेताका अनुसार अध्यक्षद्धय ओली र दाहाल, वरिष्ठ नेता नेपालले आ–आफ्नो तर्फबाट प्रस्ताव तयार गरेर त्यसलाई अन्तिम टुंगो लगाउँदै सचिवालयमा प्रस्तुत गरिने तयारीमा जुटेका छन् । जिल्ला नेतृत्वको हकमा ओली र दाहालले आफूखुशी गर्न थालेपछि नेपाल समुहले छुटै प्रस्ताव तयार गरेर त्यसलाई छलफलका लागि अगाडी बढाउँनुपर्ने रणनीति अपनाएको नेपाल समुहका एक नेताले वनखबर डटकमलाई बताए ।

एकता टुंगो लाग्न नसक्दा कार्यकर्ता नेताहरु जिम्मेवारी बिहिन भएका छन् । तत्कालिन एमाले र माओवादीका बीचमा ३ जेठमा पार्टी एकिकरण भएको थियो । एकिकरण सभामा शिर्ष नेताले तीन महिना भित्रमा पार्टी एकता टुंगो लगाउँने उदघोष गरेका थिए ।

एकता टुंगो लाग्नमा भईरहेको ढिलाईले त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत भईरहेको छ । पार्टीको बैठक, प्रशिक्षण, भेला लगायतका गतिविधि अहिले शुन्य जस्तै भएको छ । जिम्मेवारी बाँडफाँट एवं एकता टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता नै बेरोजगार भएका छन् ।

अहिले सम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भईसकेको प्रदेश कमिटीको बिषयमा ओली, दाहाल र नेपालका बीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरुको जिम्मेवारी वाँडफाँड, पोलिटव्युरो कमिटी गठन, बिभाग, जनवर्गीय संगठनको एकता, जिल्ला देखी स्थानीय तहसम्मका कमिटीहरु अझै गठन हुन सकेको छैन् ।

केन्द्रीय कमिटी भागवण्डाकै अनुपातमा जिल्ला नेतृत्वको बाँडफाँट टुंगो लगाउने समझदारी अनुसार तत्कालिन एमालेले करिब ४५ र माओवादी केन्द्रले ३२ ओटा जिल्लाको नेतृत्व लिने तयारी छ । जसअनुसार पूर्व एमालेले पाउने नेतृत्वमा आफ्नो समूहलाई ‘बाईपास’ गरिएको भन्दै नेपाल समूहले विधि–प्रक्रिया र मापदण्डका आधारमा टुंगो लाग्नेगरी समानन्तर सूची तयार गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार