• होमपेज
  • समाज
  • अस्पतालको शैयाबाट सन्तुले रुँदै भन्छिन् : मलाई बचाउनुहोस्, पुरा विवरण हेरी शेयर गर्दै सहयोगी मनसम्म पुर्याउनुहोस् !

अस्पतालको शैयाबाट सन्तुले रुँदै भन्छिन् : मलाई बचाउनुहोस्, पुरा विवरण हेरी शेयर गर्दै सहयोगी मनसम्म पुर्याउनुहोस् !

  • मङ्लबार, चैत्र २६, २०७५
अस्पतालको शैयाबाट सन्तुले रुँदै भन्छिन् : मलाई बचाउनुहोस्, पुरा विवरण हेरी शेयर गर्दै सहयोगी मनसम्म पुर्याउनुहोस् !

बागलुङ,२६ चैत-भगवान पनि कति निर्दयी हुन सक्छन? म्याग्दि जिल्लामा जन्मेकी सन्तु पोख्रेलको जीन्दगी हेर्दा र उनले जीवनमा पाएको दूःख कष्ट सुन्दा पनि मन भक्कानिन्छ आँखा रसाउंछन मान्छे निशब्द हुन्छ । भन्छन जो होंचो उसकै मुखमा घोचो! त्यस्तै भएको छ सन्तुको जीवनमा !

केही बर्ष पहिले उनको मुटूको अप्रेशन गर्नु पर्ने भयो औषधी खाँदा-खाँदा उनको बुबाले कमाएको पैसा पनि सकियो उनको घरको अबस्था झन भन्दा झन नाजुक बन्दै गयो ।

केही सिप नलागे पछी देश बिदेशमा रहनुहुने मनका धनी भगवानहरूलाई हार गुहार गरे पछी रकम संकलन भयो र उनको मुटूको अप्रेशन सफल भयो उनि ठुलो कालको मुख बाट बच्न सफल भइन ।उनको मुहारमा खुसी बिस्तारै फर्कंदै थियो यसै बिच उनले दुई महिना अगाडी मात्र बागलुङका सुमन संग विवाह गरिन तर उनको खुसीमाथी दैबको आँखा लाग्यो ।

उनी बिरामी परिन र उपचारको लागि धौलागिरी अअञ्चलअस्पताल बागलुङमा लगियो तर त्यहाँ डक्टरले उपचार गर्न नसक्ने देखेर पोखरा लैजान सुझाव दिए । त्यस पछि सन्तुलाई उपचारको लागि पोखरा मणिपाल अस्पतालमा लगियो।

मणिपाल अस्पतालमा चेक गराए पछि थाहा भयो उनको मुटूको भल्बमा समस्या साथै फोक्सोमा पानी जमेको कारण ।उनलाई मणिपाल अस्पतालको आई सि यु कक्षमा राखियो र दिनको १० हजार चार्ज र अन्य औषधी खर्च गर्दा उनको घरमा भएको पैसा सबै सकियो ।

सन्तु अहिले पोखरा मणिपाल अस्पतालको शैया बाट रूंदै जीवन बचाईदिन आफ्नो जिबनको भिख मागेकी छिन । उनि भन्छिन ‘अप्रेशन गर्ने औशधी खाने पैसा छैन, सायद अब म बाँच्दिन होला !’ कृपयाँ सन्तुलाई बँचाउन चाहनुहुन्छ भने सहयोगी मनहरूले तल दिएको बैंक खातामा पैसा जम्मा गरिदिनु होला !

सम्पर्क मोबाईल नम्मर :+977 9857662901 सुमन खत्री
श्रीमान सुमन खत्रीको प्रभु बैंक खाता नं.३१०७००९६६७७७०००००१(310700966777000001)

ग्लोबल आइएमई बैंक १२०७०१०००८९३२(1207010008932)
कृपया आफ्नै छोरी,दिदी -बहिनी सम्झेर सक्दो आर्थिक सहयोग र नसके सेयर गरेर सहयोग गर्नुहोला धन्यवाद

चर्चामा

सम्बन्धित समाचार