शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • नायिका श्वेता खड्काले चन्दा नउठाइकनै सिन्धुपाल्चोकमा बनाइन् यति राम्रा ५३ वटा घर

नायिका श्वेता खड्काले चन्दा नउठाइकनै सिन्धुपाल्चोकमा बनाइन् यति राम्रा ५३ वटा घर

  • सोमवार, चैत्र २५, २०७५
नायिका श्वेता खड्काले चन्दा नउठाइकनै सिन्धुपाल्चोकमा बनाइन् यति राम्रा ५३ वटा घर

काठमाडौं- नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीमा नमुना बस्ती बनाएकी छन् । । नायिका श्वेताले बस्तीको दुई तीनवटा तस्बिर जुन ड्रोन क्यामेराले खिचेका हुन्, फेसबुकमा पोस्ट गरेकी छन् ।बस्तीमा ५३ वटा चिटिक्क परेका घर ठडिएका छन् ।बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितका लागि श्वेताले बस्ती बसाएकी हुन् ।भीमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउन्डेसनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग सात लाख रुपैयाँ पर्न आउँछ ।

फाउन्डेसनले स्थानीयसँग घर निर्माणमा लाग्ने सात लाख आफैले व्यहोर्नुपर्ने र अन्य भौतिक पूर्वाधारको काम मात्रै फाउन्डेसनले गर्ने सहमतिमा काम सुरु गरेको थियो ।श्वेताले काम अन्तिम चरणमा पुगेको र अझै केही बाँकी रहेको बताएकी छन् । श्वेताले कसैसँग चन्दा नउठाइकन बस्ती निर्माण गरेकी हुन् ।

उनी लेख्छिन्, ‘सानो घर, हाम्रो रहर’ को सपना साँचेका मेरा प्रिय माझी बस्तीका दाजुभाइ तथा दिदिबहिनीहरुसँग हात्तेमालो गर्दै यहाँसम्म आइपुगियो । धेरै कष्ट सहियो, धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कतिले आँखा तरे । कोहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तीका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तर्खरमा छौ । अझै केही काम बाँकी छन् । म एक्लैले, अपुरो कामलाई पूरा गर्न सम्भव छैन । आउनुस् अझै मौका छ ।

नमुना माझी बस्तीमा आ–आफ्नो योगदान गरौ ।’ पछिल्लो समय समाज सेवामा हात बढाइरहेकी स्वेताले कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘कोहिनूर’, ‘कान्छी’ जस्ता सफल चलचित्रमा सफल अभिनय गरिसकेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार