• होमपेज
  • देश
  • वर्षमा ८२ जनाको ज्यान लिने चट्याङबाट यसरी बच्नुहोस् ! [सक्दो सेयर गरौं]

वर्षमा ८२ जनाको ज्यान लिने चट्याङबाट यसरी बच्नुहोस् ! [सक्दो सेयर गरौं]

  • सोमवार, चैत्र २५, २०७५
वर्षमा ८२ जनाको ज्यान लिने चट्याङबाट यसरी बच्नुहोस् ! [सक्दो सेयर गरौं]

काठमाडौं । पछिल्लो समय नेपालमा फेरिदै गएको मौसमसँगै चट्याङ एक ठुलो चुनौती भएको छ । नेपालमा चट्याङका कारण हरेक वर्ष ८२ जनाको ज्यान जाने गरेको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । चट्याङले मानवीय मात्रै नभई भौतिक क्षति पनि उत्तिकै गर्ने गर्छ । चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र हुँदा विशेष सावधानी अपनाउनुपर्ने केन्द्रले जनाएको छ ।

घर बाहिर पौडिने, माछा मार्ने, र्‍याफ्टिङ नगर्ने, खुल्ला मैदान र भिडभाडमा नबस्ने, फुटबल क्रिकेट, गल्फ जस्ता खेलहरु तुरुन्त बन्द गरे क्षति कम गर्न सकिने केन्द्रको भनाई छ । केन्द्रका अनुसार टिभी, कम्युटर, फ्रिज जस्ता विद्युतीय सामाग्रीहरु प्रयोग बन्द गरेर त्यस्ता सामाग्रीलाई प्लगबाट छुटाएर राखे चट्याङबाट हुने क्षति कम हुन्छ । धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने काम नगर्ने यदि नुहानै परे बाल्टिनको पानीले नुहाउने वा धुने काम गर्न पनि उसले सुझाव दिएको छ ।

यसैगरी घर बाहिर रहेको अवस्थामा जङ्गलमा हुँदा स–साना रुखका बीचमा बस्न, पक्की घर वा गाडी नजिक भए झ्याल ढोका बन्द गरेर घर वा गाडीभित्र बस्न, नजिकै हाई भोल्टेजको तार भएमा तारको मुनी नभई दुई खम्बाको बीचमा ओत लागेर बस्न, केही गरी खुल्ला मैदानमा भएका बेला चट्याङ पर्न थाले दुई घुँडाको बीचमा टाउको लुकाएर टुक्रुक्क बस्न पनि केन्द्रले सबैसँग आग्रह गरेको छ । यो जानकारी आफुले पढेपछि सबैका जानकारीका लागि सेयर गर्नुहास्

चर्चामा

सम्बन्धित समाचार