• होमपेज
  • देश
  • गजल : मन्दिरमा धनको खाप होला

गजल : मन्दिरमा धनको खाप होला

  • सोमवार, चैत्र २५, २०७५
गजल : मन्दिरमा धनको खाप होला

मन्दिरमा धनको खाप होला
द्यौतालाई भक्तको चाप होला

रगत चढाउनु पुण्य हो भने
कस्तो कार्य चै पाप होला

हत्या हिंसामा रमाउछ मान्छे
बरु पशुमा दयाको छाप होला

सर्बश्रेष्ठ प्राणी भन्न त भन्छ्न्
मानवको चोला नै श्राप होला

देवता र दानब, स्वयं हौं हामी
हृदय नै विचारको दाप होला

चर्चामा

सम्बन्धित समाचार