
कैलालीको मोहन्याल गाउँपालिकाका वडाअध्यक्षले कार्यकक्षमै सेवाग्राहीसंग दादागिरी देखाएको भिडियो फुटेज सार्वजनिक भएको छ। मोहन्याल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टिकाराम भण्डारीले फर्निचर उद्योग सञ्चालनका लागि सहमती माग्न दिएको निवेदन च्यात्दै दादागिरी देखाएका छन्।
वडा अध्यक्षले स्थानीय व्यक्ति बाहेक अरुलाई उद्योग सञ्चालनका लागि अनुमती नदिने भन्दै घोडाघोडी नगरपालिका १० का जनक जोशीले कार्यालयमा दिएको निवेदन च्यातेको दृष्य भिडियो फुटेजमा कैद भएको छ। उद्योग सञ्चालन जोशी चार किल्ला प्रमाणित गर्न गरिदिन भन्दै मामा समेत नाता पर्ने वडाअध्यक्ष भण्डारी कहाँ पुगेका थिए।
