शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • स्वास्थ्यमन्त्री यादवले भनेः विद्यार्थीबाट अबैध शुल्क अशुल्ने चितवन मेडिकल कलेजलाई कारवाही हुन्छ

स्वास्थ्यमन्त्री यादवले भनेः विद्यार्थीबाट अबैध शुल्क अशुल्ने चितवन मेडिकल कलेजलाई कारवाही हुन्छ

  • आइतवार, चैत्र २४, २०७५
स्वास्थ्यमन्त्री यादवले भनेः विद्यार्थीबाट अबैध शुल्क अशुल्ने चितवन मेडिकल कलेजलाई कारवाही हुन्छ

चितवन मेडिकल कलेजको कार्यक्रममा सहभागी हुन चितवन आएका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विद्यार्थीबाट अवैध शुल्क लिने चितवन मेडिकल कलेज लगाएतका मेडिकल कलेजहरुलाई कारवाही हुने बताएका छन् ।

भरतपुर विमानस्थलमा चितवन मेडिकल कलेज लगाएतका मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट अवैध शुल्क उठाइरहेका छन् नि ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भनेः तोकेको शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानविन हुन्छ । सरकारको मापदण्ड अनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उनले यस विषयमा चितवन मेडिकल कलेज प्रशासन संगपनि कुरा गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार