• होमपेज
  • देश
  • नेपाल भारत सीमामा नेपाल प्रहरीले चलायो गोली, एक जना घाइते (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेपाल भारत सीमामा नेपाल प्रहरीले चलायो गोली, एक जना घाइते (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • शनिबार, चैत्र २३, २०७५
नेपाल भारत सीमामा नेपाल प्रहरीले चलायो गोली, एक जना घाइते (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

इनरुवा, २२ चैत । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीले चलाएको गोली लागि एक स्थानीय घाइते भएका छन् । सीमामा पर्ने घिर्नी पुल नजिक स्थानीय र प्रहरीबीच हात हालाहालको अवस्थापछि गोली चलेको बताइएको छ ।

प्रहरीले भने गोली चलेको भन्ने विषय यकिन भै नसकेको जनाएको छ । यद्यपी प्रहरीले स्थानीय र प्रहरीबीच बिवाद पश्चात हात हालाहालको अवस्था सिर्जना हुँदा दुवै पक्षका केही घाइते भएको पुष्टि गरेको छ । सुनसरी प्रहरीका अनुसार सही चन्द्रकुमार शाक्य समेत घाइते भएका छन् ।

स्थानीयवासीले मापसे गरेका प्रहरीले निहत्थामाथि गोली चलाएको दावी गरेका छन् । स्थानीयका अनुसार प्रहरीले चलाएको गोली लागि स्थानीय जियाउल मन्सुरी घाइते भएका छन् । हातमा गोली लागेका उनलाई उपचारकालागि बिराटनगर लगिएको छ ।

प्रहरीले भने तस्कर समूहलाई रोक्ने क्रममा स्थानीय युवा समूहले प्रतिकार गर्न खोज्दा विवाद उत्पन्न भएको जनाएको छ । बढ्दो विवाद हात हालाहालको अवस्थामा पुगेपछि कुटाकुटको अवस्था सिर्जना हुँदा केहि स्थानीय र स्वयं प्रहरी घाइते भएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताउनु भयो ।

स्थानीयले घटनालाई प्रहरीको ज्यादतीको आरोप लगाएका छन् । प्रहरी स्रोतले भने स्थानीय समूहले हात हालाहाल पछि हतियार खोस्ने प्रयास गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार