• होमपेज
  • धार्मिक
  • आज शनिबार राशिफल कसकाे भाग्यमा के लेखिएकाे छ पढ्नुहोस

आज शनिबार राशिफल कसकाे भाग्यमा के लेखिएकाे छ पढ्नुहोस

  • शनिबार, चैत्र २३, २०७५
आज शनिबार  राशिफल कसकाे भाग्यमा के लेखिएकाे छ पढ्नुहोस

निबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ चैत्र २३ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।#जय_संकटादेवी !!
वि.सं.२०७५ साल चैत्र २३ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल ०६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि प्रतिपदा,२३ घडी ०५ पला,दिउँसो ०३ बजेर ०६ मिनेट उप्रान्त द्वितिया । नक्षत्र रेवती,०३ घडी ३७ पला,बिहान ०७ बजेर १८ मिनेट उप्रान्त अश्विनी अहोरात्र । योग वैधृति,३९ घडि ५४ पला,बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त विश्कुम्भ । करण बव,दिउसो ०३ बजेर ०६ मिनेट उप्रान्त वालव,रातको ०३ बजेर २४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा धाता योग । चन्द्रराशि मिन,बिहान ०७ बजेर १८ मिनेट उप्रान्त मेष ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पहिलेका कमजोरिहरुलाई सुधार गर्दै जाने अवसर आउँनेछ । व्यापार व्यावसायमा नया प्रबृधिको प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक रुपमा सम्पन्न हुने हुनाले घर परिवारका सबै आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्ययनमा सफलता हात लाग्नेछ । माया प्रेमको गाठो कसिलो हुने तथा पति पत्निबिच एक अर्कालार्ई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउँनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । ब्यापार ब्याबसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । राजनिति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाई अब्बल साबित हुनुहुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा ढिला सुस्तिले गर्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारि साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुँनाले घर परिवारमा घुसियालि छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा आजको दिन लगानि गर्नको लागि केहि समय पर्खदा राम्रो हुँनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेपनि सहि प्रयोग गर्न नजान्दा अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुलेनै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाई लेखाई बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मान प्रशन्न हुँनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार