शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका ९ लाई छाउपडी गोठमुक्त गर्न तयारी तिव्र

बडीमालिका ९ लाई छाउपडी गोठमुक्त गर्न तयारी तिव्र

  • शुक्रबार, चैत्र २२, २०७५
बडीमालिका ९ लाई छाउपडी गोठमुक्त गर्न तयारी तिव्र

बडीमालिका खबर
बाजुरा २२ चैत्र
बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि तयारी तिव्र पारिएको छ । वडा नं. ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि शुक्रबार वडा भित्र रहेका बस्ती टोलहरुमा छाउपडीको अवस्थाका बारेमा अनुगमन गरिएको छ ।
बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकको नेतृत्वमा गएको टोलीले वडा भित्रका चौराटा, उखाडी, बडुवालवाडा, कफल्टा लगायतका स्थानहरुमा रहेका महिलाहरुको छाउपढीको अवस्था बारे अनुगमन गरेको र छाउपडिको अवस्था बारे अध्ययन गरेर आगामी बैशाख मसान्त भित्र वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी गरिएको वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।
महिलाहरुलाई छाउ वा महिनावारी हुँदा घर भन्दा टाढा राख्ने गर्नाले बलात्कारका घटना हुने, विभिन्न किसिका रोगबाट संक्रमित भई ज्यानै जाने अवस्था भएकाले महिलाहरुको स्वास्थ्यलाई ख्याल गर्दै बडीमालिका नगरपालिका वडा नं. ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने अभियान अन्तरगत स्थलगत अनुगमन गरेको वडा अध्यक्ष विकले बताएका छन् ।


अनुगमन टोलीले वडा भित्र रहेका ५ वटै टोल भित्र रहेका सबै घरधुरीहरुको पहिचान गरि महिनावारी भएको बेला महिलामाथि गरिने व्यवहार, छाउपडी महिलाहरुको अवस्था, छाउगोठको अनुगमन गरेको थियो ।
वडा भित्र ५ सय घरधुरी रहेको छ भने वडामा महिला पुरुषको जनसंख्या २ हजार ९ सय बढी रहेको बताईएको छ ।
बडीमालिका नगरपालिकाले महिलासँग उप–प्रमुख कार्यक्रम अन्र्तगत लैङ्गिक हिंसा, छाउपडी कुप्रथा, बाल विवाह र सामाजिक विभेद्को अन्त्यका लागि अभियानमुखि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार