न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा चरणवद्ध रुपमा एसईईको प्रश्नपत्र आउट हुनथालेपछि स्थगित तथा रद्द गरिएको परीक्षाहरुको आजदेखि पुनः सँचालनमा आउने भएको छ । गत चैत्त १० गतेदेखि सुरु भएको एसईई परीक्षा अन्तर्गत अँग्रेजी र नेपाली तथा गणित विषयको परीक्षापछि अनिवार्य विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट आउट भएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो भने बाँकी सबै परीक्षा पनि स्थगित गरिएको थियो । शुक्रबार चैत्त २२ गतेदेखि पुनः परीक्षा सँचालनको मिति तय गरे अनुसार आजदेखि पुनः साबिककै समयमा परीक्षा सँचालन हुने भएको छ ।
पूर्व निर्णय र तालिका अनुसार आज शुक्रबार रद्द गरिएको अनिवार्य विज्ञान विषयको परीक्षा विहान ८ बजेदेखि सुचारु हुने भएको छ । सोमबार बसेको बोर्डको बैठकले चैत्र २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताए । चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिने निर्णय गरेको थियो ।नयाँ तालिका अनुसार शनिबार चैत्त २३ गते सामाजिक , आईतबार चैत्त २४ गते स्वास्थ्य तथा जनसंख्या, सोमबार चैत्त २५ गते ऐच्छिक प्रथम, मँगलबार चैत्त २६ गते ऐच्छिक द्वितीय र बुधबार चैत्त २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।