मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जहाज चाटर गरेर गर्भवतिकाे उद्धार

जहाज चाटर गरेर गर्भवतिकाे उद्धार

  • सोमवार, चैत्र १८, २०७५
जहाज चाटर गरेर गर्भवतिकाे उद्धार

पदम सिह
बाजुरा, १८ चैत
बाजुराको बुढिन्नदा नगरपालिका ३ कि ४० बर्षिय सेतु लुवारको जहाज चाटर गरेर उद्धार गरिएको छ । उनलाई कोल्टि बाट नेपालगञ्ज उपचारका लागि सिता एरको जहाज मार्फत लगिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले वताएका छन् ।
उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र पुयाईएकि उनलाई उपचार सम्भब नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो । नेपालगञ्ज जानलाई जाहज नआएपछि शुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जहाज चाटर गरेर बिरामीको उद्धार गरेको रमेश कुवरले वताए ।
८ महिनाको गर्भवती रहेकी सेतु लुवारको उच्च रक्तचाप, गर्भवतीको जटिलताको लक्षण र फोक्सोमा पानि भरीएकोले उहाँको अबस्था निकै जोखिम थियो, कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भब नभएपछि उनलाई नेपालगञ्ज लगिएको स्वास्थ्यकर्मीले वताए । उनको अबस्था जटिल भएपछि तत्काल सामाजिक विकास मन्त्रि कृष्ण राज सुबेदी सँग सल्लाह गरेर उहाँको निर्देशनमा २ लाखमा सिता एर जहाज चाटर गरेर उनलाई उपचारका लागि नेपालगञ्ज पठाईएको जनस्वास्थ्य अधिकृत रमेश कुवरले वताए ।
सेतुले यो भन्दा पहिला ४ वटा छोरीको जन्म दिइसकेकि छन्, उनि पाँचौ पटक गर्भवती हुँदा स्वास्थ्य जटिलता आएको स्वास्थ्यकर्मीले वताए । कमजोरी धेरै बच्चा जन्माउनु र उमेर पनि बुढो भइसक्दा गर्भवती हुनुले उनमा समस्या आएको वताईएको छ । सामाजिक विकास मन्त्रालयले यो भन्दा पहिला बाजुरा बाट दुई जना सुत्केरी र एकजना बिरामीको हेल्किेप्टर मार्फत उद्धार गरेको थियो । यो आर्थिक बर्ष मात्र हवाइ सेवा मार्फत चार जनाको उद्धार गरिसकेको सामाजिक विकास मन्त्रि कृष्णराज सुवेदीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार