५ चैत, काठमाडौं । फुल्चोकी मिडीया ग्रुप नाम गरेको एक युट्युव च्यानलमार्फत सामाजिक संजालमा उत्तेजक भिडियोको अन्तवार्ता दिएको आरोपमा मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सामाजिक मर्यादामा खलल पुर्याउने अन्तवार्ता दिएको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी प्रहरी परिसर टेकुले जनाएको छ ।
प्रहरीका अनुसार च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरिएकाे छ ।