अछाम जिल्लामा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। एक महिलाले श्रीमान् विरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएपछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
श्रीमतीलाई ईच्छा विपरित जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक जनक शाहीले जानकारी दिए।