• होमपेज
  • अर्थ/वाणिज्य
  • खतराको सूचकमा सनराइज बैंक ! सीईओ तनाबमा

खतराको सूचकमा सनराइज बैंक ! सीईओ तनाबमा

  • शनिबार, फाल्गुन ४, २०७५
खतराको सूचकमा सनराइज बैंक !  सीईओ तनाबमा

सनराइज बैंकको खराब कर्जा आकासिदा बैंक समस्यामा देखिएको छ । लामो समयदेखि लगानीमा रहेको रकम उठ्न नसकेपछि बैंक समस्यामा परेको हो । कर्जा डुब्दै जादा बैंक खराब सूचकमा पर्ने समस्या देखिएको छ । बैंकले मनपरी रुपमा लगानी गर्दा ठूलो परिमाण कर्जा डुबेको छ । बैंक श्रोतले दिएको जानकारी अनुसार ठूलो रकम डुबेपछि यतिबेला बैंकका प्रमुख कार्यकारी अधिकृत तनाबमा छन् ।

‘ठूलो रकम डुबेको छ, यतिबेला बैंकले मुद्धा हालेर कर्जा असुलीको काम गरिरहेको छ तर मुद्धा प्रक्रिया ढिलो हुँदा सीईओ साप पनि तनाबमा हुनुहुन्छ’ बैंकका एक अधिकारीले भने, ‘हाम्रो बैंकको रकम उठ्न नसकेपछि यति उठाइदिनका लागि कर्जा असुली न्यायाधीकरणमा धेरै जना विरुद्ध मुद्धा हालेका छौं ।’

बैंकका ति अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा क–कसलाई लगानी गर्दा बैंकको कर्जा डुबेको भन्ने विषयमा पनि जानकारी दिएका छन् । उनका अनुसार भवानी दर्नालसमेत गरी अन्य व्यक्तिहरु र नेपाल प्रगति निर्माण सेवा प्रालिले समेत बैंकबाट मोटो रकम कर्जा लिएर तिर्न सकेको छैन ।

बैंकका ठूला अधिकारीहरुसँग मिलेर लिएको कर्जा उनीहरुकै मिलेमतोमा उनीहरुले तिरेका छैनन् । बैंकका ति अधिकारीले भने, ‘यो एउटा ठेकेदार कम्पनी र अर्को व्यक्ति त प्रतिनिधि उदाहरण मात्रै हुन् यस्ता धेरैले बैंकको कर्जा डुबाएका छन् । जसका कारण बैंक निकै समस्यामा परेको छ ।’

उनले ति व्यक्तिहरुको मुद्धा कर्जा असुली न्यायाधीकरणमा चलिरहेको बताए । उनीहरु लगायत अन्य व्यक्तिहरुको मुद्धा पनि चलिरहेको भन्दै अरु व्यक्तिको नाम र डुबाएको रकम पछि उपलब्ध गराउने ति अधिकारीले बताएका छन् । यस बैंकको पछिल्लो तथ्यांक हेर्दा खराव कर्जा अनुपात १.२६ प्रतिशत छ भने सीसी रेसियो ७६.०२ प्रतिशत देखिएको छ ।

अनलाइन पानाबाट साभार

चर्चामा

सम्बन्धित समाचार