मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • नारायणी अस्पतालका चिकित्सकहरुद्ववारा सामूहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुद्ववारा सामूहिक राजीनामा

  • मङ्लबार, साउन १२, २०८३
सेयर गर्नुहोस् :
नारायणी अस्पतालका चिकित्सकहरुद्ववारा सामूहिक राजीनामा

वीरगञ्ज — वीरगन्जमा रहेको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन् ।  गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनामा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन् ।

यदि दुवै जनाको राजीनामा भोलिसम्म नआए देशभरकै चिकित्सकहरुले राजीनामा दिने उनीहरुको चेतावनी छ ।  अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार ७० जना चिकित्सक रहेको उक्त अस्पतालका ३० जनाले सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसहेका छन् ।

बाँकी ४० जनाले पनि राजीनामाका लागि अहिले नाम संकलन गरी हस्ताक्षर गरिरहेका छन् ।प्रदर्शन गरिरहेका चिकित्सकले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र अस्पताललाई सुरक्षित कार्य वातावरणको माग गरेका छन् ।  यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले विज्ञप्ती जारी गर्दै आन्दोलनका थप कार्यक्रम समेत गर्ने जनाएको छ ।

गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थकर्मीहरूमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै चिकित्सक संघले विरोधस्वरुप अस्पताल बन्द गर्ने घोषणा गरेको हो । साथै, संघले दोषीलाई कारवाहीको माग गर्दा प्रहरीले उल्टै संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकलाई गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै भत्सर्ना पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार