सोमवार, साउन ११, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं लैजाँदै गर्दा मृत्यु

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं लैजाँदै गर्दा मृत्यु

  • सोमवार, साउन ११, २०८३
सेयर गर्नुहोस् :
धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको काठमाडौं लैजाँदै गर्दा मृत्यु

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।

उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । उपचारका क्रममा चिकित्सकले उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताएका थिए । गम्भीर अवस्थाकी चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो तर आफन्तले उनलाई काठमाडौँ लिएका थिए ।

उनको आइतबार राति नै बाटोमा मृत्यु भएको र आफन्तले सोमबार बिहान ७ बजेतिर प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक बिष्टले बताए । उनको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार