बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • क्रिकेट
  • बाजुरामा क्यानको तदर्थ समिति गठन, अध्यक्षमा बाँनियाँ चयन

बाजुरामा क्यानको तदर्थ समिति गठन, अध्यक्षमा बाँनियाँ चयन

  • बिहिबार, साउन ७, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा क्यानको तदर्थ समिति गठन, अध्यक्षमा बाँनियाँ चयन

बाजुरा–नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला शाखा स्थापनाको औपचारिक प्रक्रिया सुरु गर्दै बाजुरामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। जिल्ला स्तरीय भेलाबाट गठित समितिको अध्यक्षमा महेश बाँनियाँ चयन भएका छन्।

समितिको उपाध्यक्षमा रोशन अधिकारी, सचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा लोकेन्द्र खड्का तथा सदस्यहरूमा अनिल रावत, पारस साउँद, केशव साउँद, साजन थापा, पुष्प थापा, लता लिम्बु रोकाया, ध्रुवबहादुर रोकाया, सविन शाही र लोकेर सिंह रहेका छन्।

क्रिकेट संघको आधिकारिक जिल्ला शाखा स्थापनाका लागि पहिलो चरणअन्तर्गत तदर्थ समिति गठन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिकी अध्यक्ष कोपिला सिंहले समितिको औपचारिक घोषणा गरेकी थिइन्।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष बासुदेव जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले बाजुराबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने सम्भावना अत्यन्त उच्च रहेको उल्लेख गर्दै १६ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका रोशन अधिकारी र प्रतिभावान खेलाडी दिपक रोकाया जस्ता उदाहरणले जिल्लाको क्रिकेट सम्भावना पुष्टि गरेको बताए।

उनले नवगठित समितिलाई बाजुरालाई क्रिकेट खेलाडी उत्पादनको केन्द्रका रूपमा विकास गर्ने गरी सक्रिय रूपमा काम गर्न आग्रह गर्दै सकेसम्म एक वर्षभित्र बाजुरालाई क्यानको आधिकारिक जिल्ला शाखाको मान्यता दिलाउन आफ्नो पहल रहने र त्यो सम्भव हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा क्रिकेट संघ अछामका अध्यक्ष अनिल कुँवरको पनि सहभागिता रहेको थियो। साथै सुनेश्व जोशीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार