मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा

शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा

  • मङ्लबार, साउन ५, २०८३
सेयर गर्नुहोस् :
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा

काठमाडौं–नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति गगन कुमार थापाले सरकारले समता कर खारेज गर्ने निर्णय गर्नु सकारात्मक र उपयुक्त कदम भएको बताएका हुन् । उनले सरकारको उक्त निर्णयले सर्वसाधारणलाई राहत पुराउने विश्वास व्यक्त गरे ।

सभापति थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रलाई पूर्ण रूपमा अलग राख्न सकिने अवस्था नरहेको गरे ।

उनले निजी सेवा उपयोग गर्नेहरूसँग कर उठाएर अन्य वर्गलाई मद्दत गर्ने सोच सुरुदेखि नै व्यावहारिक र सही नभएको कांग्रेसले भन्दै आएको धारणा राखे । सभापति थापाले सरकारले बिजुलीको भ्याट जस्ता अन्य अव्यवहारिक कर हटाउनु पर्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार