मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

  • मङ्लबार, साउन ५, २०८३
सेयर गर्नुहोस् :
संसदीय सुनुवाइ समितिको बैठक बस्दै

सङ्घीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र समिति सदस्यहरुलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा प्रस्तावित व्यक्तिहरुले पेस गरेको कार्ययोजना समेत वितरण गरिने जनाइएको छ । गत असार १९ गते बसेको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय समितिबाट प्रस्तावित व्यक्तिहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार