मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराको हिमालीमा जिप दुर्घटना अपडेट : उपचारका क्रममा दुई जनाको मृत्यु

बाजुराको हिमालीमा जिप दुर्घटना अपडेट : उपचारका क्रममा दुई जनाको मृत्यु

  • सोमवार, साउन ४, २०८३
सेयर गर्नुहोस् :
बाजुराको हिमालीमा जिप दुर्घटना अपडेट : उपचारका क्रममा दुई जनाको मृत्यु

बाजुरा— बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइतेकाे उपचार जारी रहेकाे छ ।  कोल्टी आधारभूत अस्पताल बाजुरामा उपचाररत हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी करिब ४० वर्षीय अम्मर सिंह बुढाकाे उपचारकाे क्रममा मृत्यु भएकाे   जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८७८ नम्बरको जिप सोमबार दिउँसो करिब १ः२५ बजे हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डको माथिल्लो मोडबाट अनियन्त्रित भई करिब १० मिटर तल रहेको अर्को मोडमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

थप घाइतेहरु मध्ये  चालक बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष  २५ का जनविर बुढा,  हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ३१ की मिजरा बुढा , हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० की अस्मिता थापा,  हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २८ को जंग सिंह बुढा , हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० को गोरख रोकाया, हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २७ को लोकेन्द्र बुढा र  हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष  ९ की सुस्मा बुढाकाे काेल्टी आधारभुत अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरीका कार्यालय बाजुराका प्रबक्ता नरेश शाहीले जानकारी दिएका छन । 

चर्चामा

सम्बन्धित समाचार