
काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् ।
संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२ं) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


