शनिबार, असार २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मन्त्री रावलको १०० दिने प्रगति- सहकारीका एक हजार ७५४ बचतकर्ताको पैसा फिर्ता, २९ सुकुम्वासीलाई लालपुर्जा

मन्त्री रावलको १०० दिने प्रगति- सहकारीका एक हजार ७५४ बचतकर्ताको पैसा फिर्ता, २९ सुकुम्वासीलाई लालपुर्जा

  • शनिबार, असार २०, २०८३
सेयर गर्नुहोस् :
मन्त्री रावलको १०० दिने प्रगति- सहकारीका एक हजार ७५४ बचतकर्ताको पैसा फिर्ता, २९ सुकुम्वासीलाई लालपुर्जा

काठमाडौं–भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला र तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले १०० दिन कार्यप्रगति सार्वजनिक गरेकी छन्। मन्त्रालयले ४८ कामको सूची सार्वजनिक गरेको हो।

कामको सूचीमा २२३ रिक्त तथा निमित्तको भरमा रहेका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको, सहकारीका १७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रकम फिर्ता गरिएको, १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ३१० ऋण असुली भएको उल्लेख छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण, ६ वटा स्थानीय तहबाट नापी र मालपोत सम्बन्धी सेवाहरूको सुरुवात, वडा स्तरबाट डिजिटल सिफारिस गर्ने सफ्टवर प्रणाली निर्माण गरी परीक्षणको चरणमा रहेको रहेको उल्लेख छ।

कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइएको, बालुवाटार स्थित प्रधानमन्त्री निवास रहेको जग्गा नेपाल सरकारको नाममा ल्याइएको, मालपोत र नापी कार्यालयमा सेवाग्राही बाहेक अनधिकृत व्यक्ति प्रवेशमा रोक लगाइएको, तीनवटा प्रदेश (बागमती, गण्डकी र मधेस) मा निजामती अस्पतालको सेवा विस्तार, सिंहदरबार परिसरबाट निजामती अस्पतालको सेवा एकाइ स्थापना गरी सेवा सुरु गरेको लगायत विषय उल्लेख छ।

अध्ययन तथा असामान्य बिदामा गई सम्पर्कमा नआएका २ जना तथा विदेशी आवासीय अनुमति लिएका ६ जना कर्मचारीलाई निजामती सेवामा अयोग्य ठहरिने गरी कारबाही सुरु, जग्गा रोका फुकुवा बैङ्कबाटै, मालपोत धाउन नपर्न, मेरो कित्ता मोबाइल एप सार्वजनिक – नक्सा प्रिन्ट देखि फिल्डबुक उत्तर सम्मका कार्य मोबाइलबाटै– हालसम्म ४७७९ संस्थागत प्रयोगकर्ता तयार भई सेवा प्रवाह भइरहेको, रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, सम्पूर्ण जग्गा हक हस्तान्तरण नहुने गरी रोक्का गरिएको सूचीमा उल्लेख छ।

सहकारीमा भएको बेथिति छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनमा, संलग्न कर्मचारीलाई स्पष्टीकरण सोधिएको समेत समेटिएको छ।

चर्चामा

सम्बन्धित समाचार