मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • धार्मिक
  • आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

  • मङ्लबार, असार १६, २०८३
सेयर गर्नुहोस् :
आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

२०८३ साल असार १६ गते मंगलबार सन् २०२६ जुन २९ तारिख। असार कृष्ण पक्षको प्रतिपदा तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने छ। स्वास्थ्यमा समस्या हुँदा मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा घाटा हुने खतरा छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृष : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको कारणले मनमा चिन्ता थपिने छ। आफन्तसँग विवाद नगर्नु राम्रो हुन्छ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्ने देखिन्छ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीको साथ र सहयोग मिल्ने छ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्ने छ। छोटो दूरीको यात्राको योजना सफल बन्ने देखिन्छ।

कर्कट : आज विवादमा नफ:नु उचित हुनेछ । तपाईंलाई काममा खटाएर लाभ लिने व्यक्ति सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दैनिक कामको सुरुवात गरेमा फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। काम गर्दा सचेत बन्नुभएमा फाइदा हुनेछ। परिवारमा खुशी मिल्ने छ। दाम्पत्य जीवन सुखमय बित्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : सञ्चित धन खर्च हुनेछ । आज यात्रा नगर्नु उचित हुनेछ । पैसा तपाईंको हातमा नबस्नने भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने छ ।

तुला : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्नु उचित हुन्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

वृश्चिक : धनलक्ष्मी योग भएकाले सम्पत्ति सदुपयोग गर्नु उचित हुन्छ। साथीभाइसँगको सम्बन्ध सुमधुर बन्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने खतरा हुनसक्छ। शिक्षाका क्षेत्रमा भने सुधारका संकेत देखिने छन्।

धनु : सानो कुराले मनमा खुसी बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ ।

मकर : दिन सामान्य छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ। मन अशान्त बन्ने जोखिम छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ।

कुम्भ : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्ने छ। खर्च बढे पनि इज्जत बढ्ने छ। दाम्पत्य जीवन सुखमय बन्ने छ। सुखद् यात्राको तय हुने दिन छ।

मीन : दिन राम्रो छ। व्यापारमा लाभ मिल्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। दाम्पत्य जीवनमा तपाईंको तर्कको जित हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार