शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आज देशभर बादल, केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशभर बादल, केही ठाउँमा चट्याङसहित वर्षा हुने

  • मङ्लबार, फाल्गुन २६, २०८२
सेयर गर्नुहोस् :
आज देशभर बादल, केही ठाउँमा चट्याङसहित वर्षा हुने

आज देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा भने चट्याङ्सहित हल्का वर्षा र हिमपात पनि हुनेछ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि केही ठाउँमा हल्का वर्षा र हिमपात हुने पूरुवानुमान गरिएको छ । बुधबार दिउँसो पनि बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार