शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • सबैभन्दा कान्छी सांसद बनिन् बिहारकी मैथिली ठाकुर

सबैभन्दा कान्छी सांसद बनिन् बिहारकी मैथिली ठाकुर

  • आइतवार, मंसिर १, २०८२
सबैभन्दा कान्छी सांसद बनिन्  बिहारकी  मैथिली ठाकुर

भारतको बिहार विधानसभामा गायिका मैथिली ठाकुर सबैभन्दा कान्छी सांसद बन्ने भएकी छन्। बिहारको दरभंगा जिल्लाको अलिनगर विधानसभा सिटमा जित निकाल्दै ठाकुर भारतमा अहिलेसम्मकै कान्छी सांसद बनेकी हुन्।

भारतीय जनता पार्टी (भाजपा)बाट चुनाव लडेकी ठाकुरले ८४ हजार ९१५ मत ल्याइन्। उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता दल (आरजेडी)का विनोद मिश्राले ७३ हजार १८५ मत ल्याए।

चुनावको मुखमा ठाकुर भाजपा प्रवेश गरेकी थिइन्। उनी २५ वर्षकै उमेरमा सांसद बनेर भारतीय राजनीतिमा इतिहास रच्न सफल भएकी हुन्।

यसअघि बिहारको सबैभन्दा कान्छा विधायक २००५ मा निर्वाचित स्वतन्त्र उम्मेदवार तौसिफ आलम थिए। त्यस्तै लालु यादवका छोरा तेजस्वीले २०१५ मा २६ वर्षको उमेरमै चुनाव जितेका थिए।

चर्चामा

सम्बन्धित समाचार