शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • अष्ट्रेलियाका स्टार क्रिकेटर क्रिस लिन सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग खेल्ने

अष्ट्रेलियाका स्टार क्रिकेटर क्रिस लिन सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग खेल्ने

  • शुक्रबार, भदौ २०, २०८२
अष्ट्रेलियाका स्टार क्रिकेटर क्रिस लिन सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग खेल्ने

सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। लिनले दुई सय ९३ वटा टी–२० खेलमा आठ हजारभन्दा बढी रन बनाएका छन्। आक्रामक ब्याटिङका लागि चर्चित लिनले अष्ट्रेलियाबाट १८ वटा टी–२० अन्तर्राष्ट्रिय र चार वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन्।

लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का हिर्काउने खेलाडी हुन्। उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा समेत खेलिसकेको अनुभव छ।

टोलीका मालिक स्वतन्त्र प्रताप शाह क्रिस लिन टोलीमा सामेल हुँदा टोली मजबुत बन्नुका साथै एनपीएलको प्रतिष्ठा समेत बढेको बताए। क्रिस लिनले पनि एनपीएलमा खेल्न पाउँदा आफू उत्साहित भएको बताएका छन्। साथै उनले नेपाली क्रिकेटप्रेमी र प्रतिभाशाली खेलाडीहरूसँग खेल्दा एनपीएल खेल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार