शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कला /साहित्य
  • विदेशीले लुटेपनि आवरू खास सम्झिने भन्छन्,

विदेशीले लुटेपनि आवरू खास सम्झिने भन्छन्,

  • बुधबार, भदौ ११, २०८२
विदेशीले लुटेपनि आवरू खास सम्झिने भन्छन्,

विदेशीले लुटेपनि आवरू खास सम्झिने भन्छन्,
उनिहरूले धुरिमा चडेपनि पास सम्झिने भन्छन्।

आफूले आफैलाई बनाई कटपुतली विदेशी सामु,
सधैँकालाई आफुलाई उन्कै दाश सम्झिने भन्छन्।

देश डुब्नथाल्यो दलालिल गर्दा स्वाभिमान गुम्यो,
फेरिपनि किन हो जिउँदो लाश सम्झिन खोज्छन्।

बनेका हुन्छन् नेता विदेशीका कमारा कमारी बन्दै,
आफैलाई उनैले आज मधुमास सम्झिन खोज्छन्।

कलो खानेहरू र्याल चुहाएका हुन्छ उसैको अँघी,
उसैले दिएको गास बासको रास सम्झिन खोज्छन्।

लाज लाग्दैन आफूलाई नेता ठान्नेहरू यो देशका,
देशभक्तीलाई किन हो उपहास सम्झिन खोज्छन्।

चर्चामा

सम्बन्धित समाचार