शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • खेलकुद
  • सौरव मल्ललाई स्वर्ण, चन्द्रागिरि तेक्वान्दो डोजाङ टिम तृतीय

सौरव मल्ललाई स्वर्ण, चन्द्रागिरि तेक्वान्दो डोजाङ टिम तृतीय

  • सोमवार, साउन २०, २०८२
सौरव मल्ललाई स्वर्ण, चन्द्रागिरि तेक्वान्दो डोजाङ टिम तृतीय

काठमाडौं— हिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२ मा सौरव मल्लले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्। प्रतियोगितामा चन्द्रागिरि तेक्वान्दो डोजाङका तर्फबाट सहभागी सौरवको उत्कृष्ट प्रदर्शनले डोजाङलाई गौरवान्वित बनाएको छ।
बाजुरा जिल्लाको बुढिन्दा गाउँपालिका–५ निवासी हिमशिखर मल्लका छोरा सौरव मल्ल हाल चन्द्रागिरि नगरपालिका–२ स्थित वेस्टपोइन्ट स्कुलमा अध्ययनरत छन्। आफ्नो बाल्यकालदेखि नै तेक्वान्दोमा रुचि राख्दै आएका सौरवले यस प्रतियोगितामा उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जितेका हुन्।

यसै प्रतियोगितामा चन्द्रागिरि तेक्वान्दो डोजाङले ७ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै टिम तृतीय स्थान हासिल गर्न सफल भएको छ। डोजाङका प्रशिक्षक तथा व्यवस्थापकले सबै खेलाडीहरूको समर्पण, अनुशासन र लगनशीलतालाई प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।
चन्द्रागिरि तेक्वान्दो डोजाङले टिम तृतीय बनाउनेमा योगदान पुर्‍याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक र अभिभावकहरूलाई धन्यवाद दिँदै खेल र खेलाडीको विकासप्रति उत्तरदायी भई निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

चर्चामा

सम्बन्धित समाचार