
तिज आयो घुमिफीरि फेरी
हामी सबै मिलेर नाचौ बरिलै –
हाम्रो अधिकार यो ब्यबस्थाले
दिदैन,
महिला हामी सचेत भ ई उठौ
बरिलै ।-
देशको आज दुःखी रा छ घाऊ
गरिब जनतालाई के खाऊ के लाऊ
छ नि बरिलै –
महिला अधिकार हनन भयको छ
संगठित बनेर मुक्ति मार्ग पहिलाऊ
बरिलै !-
देशमा आज भस्टाचारको मुहाली
एमाले ओलीको सरकार बरिलै –
चोर जतिलाई लुकाएर फेरी
ओलीले देशलाई डुबाए बरिलै !-
देशलाई अझै दिए कै छन दुःख
राजस्व रित्याएर देश झनै गरिब
बरिलै –
देशका नागरिक बिदेशमा धपाएर
गणतन्त्र खाने युक्ति भा छ बरिलै !_
उठौ हामी सबै महिला मिलेर
गणतन्त्र, धर्म निरपेक्षता ,रास्टियता
बचाऊ बरिलै –
देशलाई फेरी संकटमा फसाए
रबिको धुन्दुकारी बने बरिलै !-
रबि त ठग त्यसै आफै थिए
कांग्रेस एमाले माओबादीले आफ्नो मान्छे
बचाए बरिरै –
गणतन्त्रमा ठगि ब्यबबहार धेरै भो
यि ठगहरू धपाउन महिला हामी
उठनै पर्ने भो -३
