
एजेन्सी —भारतको हिमाचाल प्रदेशमा बाढी, पहिरो डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजश्व विभागका विशेषसचिव डीसी राणाले वर्षाका कारण हालसम्म ४३ जनाको मृत्यु र ३७ जना बेपत्ता भएको बीबीसीसीलाई बताएका छन्।
उक्त प्रदेशमा जुन १९ मा मनसुन भित्रिएको थियो। राजश्व विभागका विशेषसचिव डीसी राणाका अनुसार हिमाचल प्रदेशमा ५०० करोड रुपैयाँ बढीको सम्पत्ती क्षति भएको छ।
वर्षाले मन्डी जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। ब्यास नदीमा बाढी आएको छ। भारतीय मौसम विभागले जुलाई ७ सम्मको लागि अलर्ट जारी गरेको छ।
