काठमाडौं —अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारको फाइनल खेल सुरु भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।
पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मीकुमारी घिसिङ आज बेन्चमा छन् ।
त्यस्तै, म्यानमारको टोलीमा पनि उल्लेख्य परिवर्तन गरिएको छ । अघिल्लो खेलबाट म्यानमारले ८ वटा परिवर्तन गरेको छ । ३ खेलाडी मात्र अघिल्लो खेलका छन् ।
दुई टोलीबीचको समूह चरणको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।