शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • फुटबल
  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

  • बुधबार, फाल्गुन १४, २०८१
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

काठमाडौं — काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् ।

खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । बिदाको दिन परेकाले फाइनल हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।

नेपाली टोलीले समग्रमा १३औं पटक कुनै पनि प्रतियोगिताको फाइनल खेल्दै छ । हालसम्म खेलेका १२ फाइनलमा नेपाल जित निकाल्न असफल हुँदै आइरहेको छ ।

सधैं फाइनल पुगेर पराजित भएपछि नेपाली महिला टोलीलाई फाइनलमा हार्ने टोलीको ट्याग नै लागेको छ । त्यो ट्यागलाई हटाउने अवसर नेपालसामु आएको छ तर त्यसका लागि नेपालले वरियतामा आफू भन्दा ४८ स्थान माथि रहेको टिम म्यानमारलाई पहिलो पटक हराउनुपर्ने हुन्छ ।

नेपाल र म्यानमारबीच हालसम्म भएका ५ खेलमा नेपाल जितविहीन छ । ३ खेल म्यानमारले जित्दा २ खेल बराबरीमा सकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार