• होमपेज
  • अर्थ/वाणिज्य
  • बैकंमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, पुरानो खाता के हुन्छ

बैकंमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, पुरानो खाता के हुन्छ

  • बिहिबार, माघ ३, २०८१
बैकंमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, पुरानो खाता के हुन्छ

नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र ‘अनिवार्य’ गरिएपछि कतिपय ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यस्तो परिचयपत्र नभएका व्यक्तिलाई ‘स्वघोषणा फारम’ भराएर खाता खोलिदिन थालेको पाइएको छ। नेपाल राष्ट्र ब्याङ्कले मङ्गलवारदेखि खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर यकिन गरेर त्यसका आधारमा खाता खोल्न निर्देशन दिएको छ।

एकातर्फ केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्नुपर्ने र अर्कोतर्फ राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकको खाता खोल्नुपर्ने अवस्थामा “वैकल्पिक व्यवस्था” गरिएको विभिन्न ब्याङ्कका अधिकारीहरूले बताए।

सबै नागरिकहरूले राष्ट्रिय परिचयपत्र नलिएको अवस्थामा गरिएको यो व्यवस्थाले वित्तीय सेवा प्रवाहमा “थप झन्झट थपेको” भन्दै कतिपयले यसको आलोचना गरेका छन्।राष्ट्र ब्याङ्क र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारी चाहिँ “विद्युतीय सुशासनतर्फको कदम” भन्दै निर्णयको बचाउ गर्छन्।

चर्चामा

सम्बन्धित समाचार