नेपालगञ्जस्थित बागेश्वरीदेवी मन्दिरको सतीदेवीको जिब्रो पतन भई पीठ उत्पन्न भएको विश्वास छ। सतीदेवीको शक्तिले बागेश्वरीदेवी मन्दिर परिसरको पृथ्वी खाडल परेको धार्मिक किम्वदन्ति रहेको भए पनि उक्त खाडल कति गहिरो छ भन्ने यकिन हुन नसकेको बताइन्छ। साथै धार्मिक महत्वले प्रख्यात मानिने डोल्पास्थित त्रिपुरासुन्दरीसँग बागेश्वरीदेवी मन्दिरको नाम जोडिएको छ। जिब्रो पतन भएकोले सुरुमा वाकेश्वरी हुँदै पछि बागेश्वरी नाम रहन गएको पनि जनबिश्वास रहिआएको छ ।
नेपालको प्रदेश न.५ मा रहेको बागेश्वरी मन्दिरको बारेमा महिले जाने बुझे सम्मको रहस्य यहाँहरु समक्ष पस्कन गइरहेको छु।
बाके जिल्लाको नेपालगन्ज धार्मिक तथा सास्कृतिक दृस्ठिकोण ले अति महत्वपूर्ण मानिन्छ ।बागेश्वरी देबिको उत्पती स्थल मानियको यो पबित्र स्थल मा कहिले देखि बागेश्वरी मन्दिरको स्थापना भयो भन्ने सम्बन्धमा एकिन नभए पनि देबि उत्पती सङग सम्बन्धीत धेरै रोचक पर्सङ्ग र साहित्तिक तथ्यहरु अध्यनको क्रममा फेला परेकाछन । पहिलो प्रसङग ।बागेश्वरी देबिको सम्बन्धमा डोल्पा जिल्लाको कोतगदी गाउँ को कोतगढि मा अबस्थित त्रिपूरा सुन्दरी भगवती सङग रहेको देखिन्छ ।जस अनुसार बि .स १४११ सम्म कोतगढिको उच्च टाकुरामा एउटा साधारण दुङगा को ओखल थियो ।गाउँ बाट केही टाढा भएपनी स्थानीय बासिन्दा हरु त्यसै ओखलमा धान कुट्न जान्थे ।कारण जति धान त्यस् ओखलमा कुटयो त्यतिनै चामल आउन्थ्यो ।
अन्य ओखलमा धान कुटदा आधा मात्र चामल आउन्थ्यो ।यसले गर्दा यश ओखल को रहस्य पत्ता लगाउन गाउले हरु को उत्त्सुकता जाग्यो र ओखलको गृहपत्ता लगाउन कुमाइ बिष्ट नामक मानिस ले ओखल खन्न थाले ।किनकी यस्को मुनितिर अबश्य नै कुनै रहस्य लुकेको हुनुपर्छ भन्ने गाउले हरुको धाराणा थियो ।पहिलो दिन ओखल को पिध छिचोल्न सकेनन् र घर फर्कीआए ,भोलिपल्ट जादा पहिलो दिन खनेको ठाउ जस्ताको त्यस्तै देखि अब रातदिन खन्ने निधो गरि खन्दै गए ,र एकदिन बिहान् कलिलो सुर्यको किरण को साथसाथै ओखलको पिध छिचोली सक्दा सिङ्हासन मा बसेकी श्री भगवती त्रीपुरा सुन्दरिका ९ वटा मुर्ति को सिरमा घृतपुर्ण घडा सहित दर्शन पाउने शुभ अबसर कुमाइ बिष्ट ले पाए ।यस्तो अतभुत दृश्य देखे पछि कुमाइ बिष्ट ले घिउको घडा झिकी पर सारे ।त्यो घदा सार्ने बितिकै घडा मुनि बसेकी ९ वटा भगवती कोमुर्ती अलगभइ नौ वटा पुतली को रुप धारण गरि उदेर गए ।उदेर जाने मध्य जेठि बहिनी बाजुरा जिल्लाकी बडिमालिका तथा बुढिनन्दा भगवती को नामले पर्सिद्र भइन। अर्कि बहिनी जुम्ला जिल्लाको हातसिन्जा गाउमा पुगेर कनिका सुन्दरी भगवती नामले पर्सिद्र भइन।
अर्कि बहिनी जाजरकोट को तल्लु मा पुगिन ।भने अर्को बहिनी अर्घाखाँची मा र अर्कि बहिनी सल्यान पुगेर खैरा बाङ भुबनेशोरी भगती का नाम ले पर्सिद भइन। एउटाि बहिनी नेपालगन्ज पुगेर बागेश्वरी भगवती नामले पर्ख्यात भइन। बाकी तीन बहिनी बाला,त्रीपुरा ,र सुन्दरी चाहिँ उदेर जान खोज्दा कुमाइ बिष्ट ले समात्नु भयो र त्यसै समय उहाँ बेहोस भयर भुइमा लडेर मुर्छा पर्नुभयो ।र देबि चढिन र भन्नुभयो हामी नौ बहिनी भगवती हौ ।तिमी कुमाइ बिष्ट ले हाम्रो पुजा आजा गरि राम्रो तरह सङग सुरक्षा गरि राखनु भनी बोले ।यसरी बाला ,त्रिपूरा ,र सुन्दरि डोल्पा मै रहि एकै शक्ति भहि बाला सुन्दरी नाम ले प्रसिद्र भए ।दोर्सो पर्सङ्ग अनुसार भारत को तुल्सिपुर मा रहेको पाटन देबिमा एउटा बाघ देखियछ ।उक्त बाघ ले त्यहाका मानिसहरू लाई दुख दिन लाग्दा त्यहाका मानिस हरुले उक्त बाघलाइ लखेटेर हाल बागेश्वरी मन्दिर भयको ठाउमा आइ पुग्दा बाघ एउटा गुफा भित्र पसि त्यहा रहेको एउटा प्याल मा पसेछ ।मानिस हरुले बाघको पत्तो लगाउन उक्त्र प्यालमा बाँस घुसारे तर बाघको पत्ता लागेन ।पछि बाँस झिक्दा बासको टुप्पोमा रगत चुहियो र प्याल बाट पनि रगत निस्की बागेश्वरी मन्दिर को पुर्ब पट्टि पोखरिमा बराबर रगत जम्मा भयछ ।त्यो देखि डरायका मानिसहरुले त्यही प्याल लाई देबि मानी स्थापना गरे ।तेर्सो पर्सङग अनुसार, प्राचिन समयमा बागेश्वरी को आसपास मा जङ्गल भयको ले आसपास का गाउले गोठाला हरु भैंसी चराउने डोरी बात्ने काम गर्दथे ।
त्यहा रहेको एउटा दुङगा मा खर पिट्ने काम पनि गर्दथे ।एक दिन एउटा गोठाला ले उक्त दुङगा घर लैजाले प्रयास गर्दा लग्न नसकेकाले उक्त दुङगामा अलौकिक शक्ति रहेको बिश्वास गरि पुजाआजा गर्न थाले ।कालान्तरमा उक्त ठाउमा नै बागेश्वरी देबिको स्थापना भएको अनुमान पनि गरिएको छ।चौथो पर्सङ्ग अनुसार ,हाल बागेश्वरी मन्दिर भएको ठाउमा सति देबि को जिब्रो पतन भएको थियो ।त्यसैले सुरु मा यस्को नाम बाक्यबरी हुँदै पछि बागेश्वरी भयो । दुर्गा सप्तसती को देब्याकवज को ३३औ श्व्लोक मा रोम्क्रुपेत्रु कौबेरी त्वछ बागेश्वरी तथा लेखिय बाट यश कुरा को पृस्तिं हुन्छ ।जहाँ ,जहाँ सति देबिको अङ्ग पतन भयका छन ,त्यहा ,त्यहा खाल्डा हरु बनेका छन ।कारण सति देबिको अङग पृथ्वी ले धान्न नसक्दा खाल्दो हुन गयो ।यहाँ पनि जिब्रो पतन हुदा पृथ्वी ले धान्न नसकी खाल्दो हुनगयो जुन खाल्डो आज भोलि बागेश्वरी मन्दिर को भित्र देबिको मुर्ती मुनि छोपेर राखियको छ ।जो खुल्ला दर्सन मा मात्र देख्न सकिन्छ ।भारतीय उपमहादिपमा यस्तो खाल्डा भएको बागेश्वरी को मन्दिर कहिपनी छैन । जसले गर्दा पनि यस् ठाउमा सति देबिको जिब्रो पतन भएको कुरालाई नकार्न सकिन्न ।
तर प्राचीन धार्मिक साहित्य हरुमा सतिदेबिका अङ्ग पतन भएको ठाउहरुको सुचिमा नेपालगन्ज कतै उल्लेख छैन तर त्यस बेला मा यो ठाउ घनघोर जङ्गल को बिचमा हुदा स्थानको नामकरण नभएको र त्यहा सिद्धपिठ बागेश्वरी देबिको उत्पत्ति भएको धेरै समयपछि मात्र यश स्थान को नामकरण भएको हुन सक्छ ।
पाचौ प्रसङ् अनुसार ,आज भन्दा दुइहजार बर्ष अगाडि यो ठाँउ घनघोर जङ्गल ले दाकियको थियो ।नेपाल भारत तिर्थयात्रा गर्ने तिर्थ यात्री र तपस्वी हरु यहि ठाउको बाटो भयर आउने जाने गर्दथे ।त्यसै क्रममा नेपाल बाट भारत जान लागेका दुई महात्मा (गुरु-चेला )यस ठाँउमा बाँस बस्न पुगे छन ।देबिको स्थान भयको नजिकै सुति रहेका बखत गुरु महाराज लाई सपना भयो ।जगदम्बा देबिको दर्शन भइ मेरो स्थान यतै कतै छ भन्ने बाणि भयो ।गुरुमहाराज ब्युझिय ।चेलालाइ उठाउय र देबिको स्थान खोज्न थाले ।दिन भरिको परिश्रम पुर्ण अन्वेषण पछि साझ को शुर्यास्त समयमा एउटा गहिरो खाल्डा भेटियो ।जो देबिको स्थान थियो ।त्यस पछि गुरु र चेला को सल्लाह बमोजिम त्यस ठाँउ मा मन्दिर बनाउने निधो गरे।उक्त्र स्थान नजिकै पुर्ब तिर एउटा ठुलो पोखरी थियो।त्यही को माटो पानी ल्याही मन्दिर बनाउन थाले ।गुरु र चेला दिन भरी काम गर्दथे मन्दिर बनाउन्थे तर राति मन्दिर भत्किन्थ्यो ।मन्दिर भत्किने क्रम छैटौं दिन सम्म चल्यो ।सातौ दिनको बिहानी पक्षमा गुरुलाइ सपना भयो कि देबिको स्थान मा बलि नचढाएर मन्दिर बन्दैन ।
यस कुराले गुरु आत्तिए ।धार्मिक तपस्सी गुरु तिर्थ यात्रा गर्न भनेर हिडिरहेको ब्याक्तिले जंगली जनावर हरुको बलि दिन चाहेनन् ।उनले स्वयम् आफै देबिको लागि जिउँदै समाधी लिने बिचार गरे ।यसकुरा ले गुरु र चेला बिच मा मतभेद भयो ।चेलो आफू समाधी लिने कुरा गुरु लाई भन्यो ।गुरुले मानेन ।अन्तन्त गुरु नै देबि को लागि जिउदै समाधी मा बसे ।चेलाले उन लाई माटाेले पुरिदियो ।त्यस्को भोलिपल्ट देखि चेलाले मन्दिर बनाउन थाल्यो र मन्दिर पनि भन्यो ।ती गुरु महाराज को समाधी आज पनि बागेश्वरी मन्दिर पुर्ब रहेकोे पिपलको बोट कै पुर्बी छेउमा अबस्थित छ ।त्यस पछिको समयमा चेलाले देबिको पुजाआजा गर्दै आयो ।त्यस पछि उन का छोरा हरुले पुजाआजा गरे ।यो क्रम पछि सम्म पनि चली रहयो ।ती चेला पुजारी का धेरै पुस्ता मा हाल मा बागेश्वरी मन्दिर का मुल पुजाजी महन्त हरिहर नाथ योगि ज्यु ले पुजाआजा गर्दै आएकाछन ।।
आजभोलि देखिने बागेश्वरी मन्दिर शुरुका दिनहरुमा यस्तो स्वरुपमा थिएन।धार्मिक शक्तिले मान्यता पाए पछि जनश्रुति अनुसार यो ठाउमा माटोले बनाइएको सानो मन्दिर थियो।उक्त मन्दिर एउटा गुफा जस्तै थियो।जमिन सतह देखि ७,८ फिट तल पुगेपछि मात्र देबिको दर्सन गर्न मिल्थ्यो।बन्द प्रदक्षिणा पथ रहेको उक्त मन्दिरमा प्रबेश गर्न ज्यादै डर लाग्थ्यो रे! मन्दिरको प्रबेश द्वारा पुर्ब तिर थियो।जङ्गलमा पाइने काठ र खर द्वारा बनाइएको उक्त मन्दिर घनघोर जङ्गलको बिचमा भएकाले पनि यो डर लाग्दो हुनु स्वभाबिक हो।
सन १२६७ भाद्र सुदि ५ का दिन तत्कालिन भारत बलरामपुरका महा राजा दीर्घ बिजय शिह जर्नेल ठाउँमा शक्ति पिठहरुको दर्सन गर्ने क्रममा यहाँ पनि आएका थिए।यो क्षेत्र तत्कालीन समयमा बलरामपुर राज्य अन्तर्गत पर्दथ्यो। यिनैको निर्देशनमा जन-साधारण ,साधु,सन्त,महन्तको सहयोगमा पहिले बनेको प्राचीन मन्दिरलाइ नयाँ स्वरुप दिइयो ।खरले छाएको उक्त प्राचीन मन्दिरलाई सुर्की चुनाको छाना हाली एक तले बनाइयो।त्यस पछिका दिनहरुमा मन्दिरको पुर्न निर्माण र जिर्णाद्वार कार्यहरु भइ नै रहे। हालको बागेश्वरी मन्दिर उत्कृष्ट कलाकृतिमा निर्माण भएकोछ।प्यागोडा शैलिमा निर्मित यो मन्दिर झ्वाट्ट हेर्दा पशुपतिनाथको मन्दिरको शैलीमा बनेको जस्तो देखिन्छ।
बागेश्वरी मन्दिरमा देबिको दैनिक नित्य पुजा आजा गरिन्छ।यो पुजा मन्दिरको मुल महन्त वा निजले तोकेको पुजारीले गर्नुपर्दछ।बिहान ३ बजे भन्दा पहिले उठि आफ्नो नित्य कर्म गरि पुजाआजा गर्न थाल्दछन।बिहानको पुजा ३ बजे देखि ४:३० बजे सम्म सकिनु पर्दछ।पुजा गर्दको बखत पुजारीले मन्दिरको चारै ढोका बन्द गरि आफ्नो मुखमा पट्टी बाधी तान्त्रिक र बैदिक योग्य विधि बाट पुजाआजा गर्दछन।यश बखतमा राजा वा प्रजा कसैले पनि देबिको दर्सन गर्न पाउदैनन् ।मंगलबारको दिन देबिको विशेषरुपले पुजाआजा गरि नैबेध चढाइन्छ।बेलुकाको पुजा सन्ध्या कालमा गरिन्छ।नित्य पुजामा दमाहा,र ढोल ,घन्टाहरु पुजा अबधि भरी बजाइन्छ। नेपालकै प्रशिद्द शक्ति पिठ भएकोले प्रत्येक हप्ताको सोमबारको सन्ध्याकालिन समयमा महाआरती पनि हुनेगरेको छ।महा नवरात्री र महा अस्टमीमा यहाँ धुमधामका साथ पुजाआजा गरिन्छ।
यस्ता बिशेश पुजाको दिनमा मालपोत कार्यालय बाकेले सहयोग गर्दछ।उक्त कार्यालयले दिएको सोही रकम बाट रास्ट्रकल्याण र राजकल्याणका लागि पन्चबली दिने चलन पनि छ।जहाँ सम्म बागेश्वरी देबि प्रतिको धार्मिक बिश्वास छ त्यो त उक्त मन्दिरमा दिनदिनै श्रद्धाका साथ दर्सन गर्न आउने यात्रुहरुको संख्या बाट नै बुझ्न सकिन्छ ।प्रत्येक शनिबार यहाँ कुनै जात्रा वा बिशेश पर्बको जस्तो देखिन्छ ।बिहान देखि दर्सन गर्न आउनेहरूको लस्कर लागेको हुन्छ।त्यहा नेपालका विभिन्न भाग देखी साथै भारतको बहराइन ,लखनउ ,कानपुर, लगाएत्त विभिन्न ठाउँबाट तिर्थ यात्रुहरू आउने गरेकाछन।
महानवरात्री,महा अस्ट्रमी र महानवमीका दिनहरूमा यहाँ हजारौं मानिसको भिड एकत्रित हुन्छ।विभिन्न क्षेत्रबाट देबिको दर्सन गर्न र भाकल पुजा गर्न आएका श्रद्धालुहरु सर्बप्रथम पोखरीमा स्नान गरि देबिको दर्सन गर्दछन।सिद्ध हुन चाहाने ब्याक्तीहरु केही निश्चित धार्मिक कृया पूरा गरि अष्टमी र नवमीको दिन सुइरोले जिब्रो छेडी सुइरो साथ बागेश्वरी देबिको परिक्रमा गर्दछ्न।कोहि भने मन्दिरको बाहिरी गेट देखि हातखुट्टा दुबैले नटेकी घर्सिदै देबिको दर्शन गर्दछन।बागेश्वरी माथी अटुट श्रर्द्दा र भक्ती भएका भक्तहरु फलामको सुइरोले जिब्रो छेड्दा पनि पीडा अनुभव गर्दैनन् ।पुजारीहरुको भनाइ अनुसार ,एक पटक एकजना भक्तले आफ्नो जिब्रो नै देबिलाइ चढाएको थियो।आफ्नो औंला काटी रगत चढाउने कार्य भने धेरै जसो भइ नै रहने जानकारी पनि पुजारीहरुले दिए।
नवरात्रीको बेलामा ठुला -ठुला बिद्वानहरु द्वारा शतचन्डी ,महायज्ञ सम्पन्न गराउने गरिन्छ।चर्तुमास भरी विभिन्न पुराण साथै चर्तुमास महात्म्यको पाठ प्रवचनको ब्यबस्था पनि त्यही गरिन्छ।धार्मिम श्रद्धाका साथ मन्दिर जानू देबि देवताको दर्शन गर्नु मानवको आस्तिक परम्परा हो।तर आजभोली मन्दिर जाने फेसन बनेकोछ।अरुको देखासिखी गरेर राम्रो कपडा र राम्रो गहना,,गुरिया प्रदर्सन गर्न पनि कतिपय मानिसहरु मन्दिर जाने गर्दछन।अझ शनिबारको दिन पर्यो भने त खास गरि १४-२० बर्ष सम्मका केटाकेटी हरु अनिवार्य रुपमा मन्दिर जाने गर्दछन।यो मध्य ५० प्रतिशत भन्दा बढी धार्मिक आस्थाको लागि मात्र नभई अन्य कारणले पनि जाने गरेको पाइयो।
गृहस्थ जिबनमा प्रबेश गरि सकेका अर्धबैसेहरु साथै बृद्धअबश्थाका ब्याक्तीहरु भने बढी भन्दा बढी मन्दिर गइ आफ्न्क मनोकान्क्षा पुर्ण होस भनि बागेश्वरी देबि सङग प्रर्थाना गर्दछन। नबदुर्गा महाअस्टमी र रामनवमीमा जब मानिसहरु खचाखच दर्सनको लागि भिड लाग्दछन।त्यसबेला कतिपय मानिसहरु चप्पल जुत्ता हराएर नाङै खुट्टा घर फर्केको पनि पाइयो।कतिपयले कानका गहना पनि हराए। तर अन्य मन्दिर जस्तो अनास्था भने बागेश्वरी मन्दिर प्रती देखिएन। आस्था र बिश्वासको रुपमा गरिमाय बढिरहेको छ।
यश क्षेत्रमा पटक -पटक हुने गरेका धार्मिक कार्यक्रमको कारण पनि यहाँका मानिसहरु हिन्दु धर्म र देबि देवताहरु प्रती अगाध श्रद्धा तथा भक्ती प्रकट गरेका होलान् ।यहाँका स्थानीय बासिहरु धेरैको सङ्ख्यामा ब्यापार गरि बसेको र ब्यापार फस्टाउनका लागि देबि देवताको कृपा हुनु पर्ने बिश्वासको मान्यताले पनि प्राय बिहान बेलुका बागेश्वरी माता सङग आफ्नो ब्यापार वृद्धि होस भनी प्रार्थना गर्ने गर्दछन।वाक्य सिद्धि देबि बागेश्वरी माताले भक्तजन हरुको मनोकाक्षाहरु पुर्ण गराउनुहुन्छ भन्ने बिश्वासले पनि समाजमा राम्रै मान्यता पाएको छ।
हुन त आजभोली टाढा टाढा बाट यहाँ आइ बच्चाहरुको छेवर गर्ने,बिबाह,ब्रतबन्ध, गर्ने परम्पराले पनि आधुनिक समाजमा राम्रो स्थान ओगटेको छ।समस्टिगत रुपमा भन्नू पर्दा बागेश्वरी मन्दिर प्रती आज पनि उत्तिकै श्रद्धाका साथ मानिसहरु आफ्नो मनोकाक्षा पुर्ण होओस भन्ने हेतुले दर्शन गर्न आउने गर्दछन।यो परम्परा पछि सम्म पनि कायम रहोस भन्ने सोचाइ हामि सबैमा छ।
वि. सं. १२६७ भन्दाअघि सिद्धनाथ बाबा आफूले जिउँदै समाधि लिएर स्थापना गरेको बागेश्वरीदेवी मन्दिरको मुख्य पूजारीकारूपमा नाथ सम्प्रदाय (कान चिरूवा) रहने गरी तत्कालीन श्री ३ चन्द्र शमशेरबाट सनद-पत्र जारी भएबमोजिम २४ पुस्ताका रूपमा नाथ सम्प्रदायका महन्त पूजारी रहनुभएको छ।
भारत बलरामपुरका तत्कालीन महाराजा दीर्घविजय सिंहले वि. सं. १२६७ मा बागेश्वरी शक्तिपीठको दर्शन गरी खरको छानो राखेर जिर्णोद्वार गरेको दस्तावेज पाइन्छ। सिद्धनाथ बाबा आफ्ना शिष्यकासाथ धार्मिक भ्रमणमा आउँदा देवीले ‘आफ्नो बासस्थान यहाँ रहेकाले यसको उत्थान गरी सेवा गर्नु’ भन्ने सपना पाएपछि भोलिपल्ट खन्दा सतीदेवीको जिब्रो पतन भएको स्थान फेला पारेको धार्मिक विश्वास छ।
सिद्धबाबाले मन्दिर बनाउँदा सुरूमा भत्किएकोले सातौं दिनमा पुनः देवीले सपनामा ‘मन्दिर बनाइसकेपछि बली दिनु’ भनेपछि प्राणीपि्रय बाबा आफैँ समाधि लिने निर्णय गरी आफ्ना शिष्यलाई बागेश्वरीदेवी मन्दिरको पूजारी भई बस्ने आज्ञाबमोजिम सोही शिष्यको २४ पुस्ता अहिलेको पूजारी रहेको बताइन्छ।
बागेश्वरीदेवी मन्दिरको पूर्वढोकामा द्रोणाचल पर्वत उठाएका हनुमान, कमलको फूलमा आसन गरेका गणेश, शीरमा मुकुट, कानमा कुण्डल, दाह्री पाली मुण्डमालामा सजिएका भैरबले रक्षा गरेका छन्। उत्तरतर्फको ढोकामा शीरमा मुकुटका साथ २२ नरमुण्डको माला पहिरिएकी र रीसले चूर भई शिवजीमाथि उभिएकी काली र राक्षसको जिब्रो समातेर निकाल्न खोजेकी बगलामुखी भगवतीले रक्षा गरेकी छिन्।
यसैगरी दक्षिणढोकामा गणेश र पिताम्बर, विश्वकर्मा पुराण र कमण्डलु बोकेका विश्वकर्मा बाबाको प्रतिमा बनाइएको छ भने मन्दिरको भित्रतिर सरस्वती, गणेश, अखण्डदीप, दुर्गादेवी, बागेश्वरी, हनुमानका मूर्ति छन्।
बागेश्वरीदेवी मन्दिरभित्र सिंहमरमरको भित्तामा देव्याबवच, देवीको आरती, अथागलस्त्रोत्रमम्का श्लोक, अर्थकिलकम्का श्लोक, दुर्गा सप्तसतीको पहिलो र दोस्रो अध्याय छन्।
बागेश्वरी मन्दिरको पूर्वमा अवस्थित सिद्धपोखरी र पोखरीको बीचमा महादेवको मन्दिर छ। वि. सं. २००५ मा उक्त पोखरीलाई तत्कालीन बडाहाकिम प्रकाश शमशेरले जिर्णोद्वार गरी निर्माण गरेको बिश्वास गरिन्छ।
अहिले गत बर्ष देखि मर्मत कार्य भइरहेकोछ। पोखरीमा रहेको पुल भग्नाशेष भएपछी,नगर सरकारको पहलमा अहिले निर्माधिन भइरहेकोछ।
बागेश्वरी मन्दिरको बीचमा सिंहमरमरबाट बनेको अष्टकोणमाथि नाग र छाताले ढाकिएकी दुर्गादेवी छिन् भने ठिक मुनी सतीदेवीको जिब्रो पतन भएको गहिरो खाडल छ। मन्दिरको पूर्वतिर सिद्धनाथ बाबाले समाधि लिएको स्थलमा आजपर्यन्त जीवितै रहेको अनुमान गर्दै समाधिस्थलमा अहिले पनि भक्तालुहरूले श्रद्धापूर्वक पूजाआजा गर्दै आइरहेका छन्।
मन्दिरको दक्षिणमा रहेको खोपामा रहेको अखण्डदीप प्रज्ज्वलन भइरहेको छ भने दीप कहिलेदेखि बल्न सुरू गरेको हो भन्ने यकिन नभएपनि बीज मन्त्रबाट सिद्धनाथ बाबाले प्रज्ज्वलन गरेको अनुमान छ।
बागेश्वरीदेवी मन्दिरभित्रका यज्ञशाला, पीपल वृक्ष र सिद्धनाथ बाबाको समाधिस्थल पनि पूजाआजाका लागि उल्लेखनीयस्थल मानिन्छन्। उक्त दीप निभेको खण्डमा भारतको तुलसीपुरस्थित पाट्यश्वरी देवीको मन्दिरबाट ल्याउनुपर्ने र सो पनि निभेमा दैलेखको ज्वालाजी मन्दिरबाट बत्ती बालेर ल्याउनुपर्ने धार्मिक मान्यता रहेको छ।