काठमाडौं —नेपाली कांग्रेसको कोषाध्यक्षमा व्यवसायी उमेश श्रेष्ठ मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्य सचिव पौडेलले जानकारी दिए । उनी पूर्वराज्यमन्त्री समेत हुन्।
श्रेष्ठ २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । तर, रास्वपाका सभापति रवि लामिछानेसँग उनी पराजित भएका थिए।