काठमाडौं — श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अरणाकुमारा दिसानायकेको एनपीपी गठबन्धनले बहुमत ल्याउने निश्चित भएको छ ।
बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा यो समाचार तयार पार्दासम्म २२५ सिटमध्ये १३७ स्थानमा गठबन्धनले जित हासिल गरिसकेको छ ।
बहुमतका लागि ११३ सिट आवश्यक पर्छ । गठबन्धनले त्योभन्दा धेरै सिट जितिसकेको छ भने अन्य स्थानमा पनि अग्रता लिइरहेको छ ।
भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने घोषणासहित गत सेप्टेम्बरमा भएको चुनावमा दिसानायके राष्ट्रपति निर्वाचित हुँदै पहिलोपटक सत्ताको नेतृत्व सम्हालेका थिए । देशमा खराब आर्थिक संकटपछि त्यसलाई उकास्त र आफ्नो वाचाअनुसार काम गर्न पनि उनलाई प्रष्ट बहुमतको आवश्यकता छ ।
दुई वर्षअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्युत गरिएका थिए । त्यसपछि देशको आर्थिक मन्दी सुधारका लागि अघि बढ्न ५५ वर्षीय दिसानायकेले विधायिकाको २२५ सिटमध्ये दुई तिहाइ सिट जित्ने आशा व्यक्त गरेका थिए ।
संसदीय निर्वाचनका लागि करिब एक करोड ७१ लाख मानिस मतदान रहेको चुनावमा ८ हजार ८ सय उम्मेदवार प्रतिस्पर्धामा थिए ।
दिसानायकेको जेभीपी वा पिपुल्स लिबरेशन फ्रन्ट अर्को सरकार गठनका लागि चाहने पेसाकर्मीहरूको राष्ट्रिय जनसत्ता (एनपीपी) गठबन्धनको मुख्य घटक हो ।
निवर्तमान विधानसभामा एनपीपीले जम्मा तीन सिट जितेको थियो । करिब २५ वर्षदेखि सांसद भएका दिसानायके केही समयका लागि कृषिमन्त्रीसमेत बनेका थिए ।
उनले सन् २०२२ मा देशलाई सबैभन्दा खराब आर्थिक संकटमा पुर्याएको आरोप लागेका परम्परागत राजनीतिज्ञहरूबाट आफूलाई टाढा राख्दै देशको विकासमा आफ्नो अनुभवलाई निष्ठापूर्वक प्रयोग गर्ने बताएका छन् ।
उनको जेभीपी पार्टीले सन् १९७१ र १९८७ मा दुई विद्रोहको नेतृत्व गरेको थियो, जसका कारण कम्तीमा ८० हजारको मृत्यु भएको थियो दुई वटा विद्रोहको नेतृत्व असफल भएपनि दिसानायकेले सेप्टेम्बर २१ मा भएको चुनावबाट निर्वाचित बनेपछि सत्ता सम्हालेका थिए ।
पूर्ववर्ती राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त गरेको विवादास्पद २.९ अर्ब अमेरिकी डलरको बेलआउटमा पुनः वार्ता गर्ने यसअघिको प्रतिबद्धताका बावजुद दिसानायकेले अन्तर्राष्ट्रिय ऋणदातासँगको सम्झौतालाई कायम राख्ने निर्णय गरेका छन् ।