बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा

आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा

  • शनिबार, कार्तिक २४, २०८१
आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

शनिबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

चर्चामा

सम्बन्धित समाचार