बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम

मार्तडीमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम

  • बुधबार, कार्तिक १४, २०८१
मार्तडीमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम

बाजुरा– सदरमुकाम मार्तडीमा सचेतना मुलक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बडीमािलका नगर स्तरीय युवा संजाल र नगर स्तरीय बाल संजालको संयुक्त आयोजना तथा बडीमालिका नगरपालिका र सामुदायिक विकास केन्द्र डोटी, गिफ्ट नेपालको समन्वय तथा सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

शुभदिपावली २०८१ को अवसरमा बालमैत्री स्थानीय शासन आजको आवश्यकता, लैगिंक हिँसा बालश्रम अभियानमा हाम्रो भुमिका भन्ने मुल नाराका साथ सचेतनामुलक कार्यक्रम मार्तडीमा भव्यताका साथ संचालन गरिएको  बडिमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन। कार्यक्रममा नगरपालिकाभित्रका प्रत्येक वडाका स्थानीय परम्परा झल्किने लोक साँस्कृतिक प्रस्तुतिहरुमा प्रतिष्पर्दा समेत गराईएको छ । नगरभित्र बालवालिकामाथि हुने बालश्रम र बालविवाहलाई न्युनिकरण गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्तमको आयोजना गरिएको आयोजकले जनाएकाे छ ।
त्यस्तै कार्यक्रममा आगलागिबाट बच्ने उपाय सम्वन्धि कृतिम घटना अभ्यास कार्यक्रमकाे डेमो समेत प्रर्दशन गरिएको छ । संस्कृति संरक्षणका लागि बडीमालिका नगरपालिका ८ र ९ का महिला समूहले देउडा समेत लगाइएकाे थियाे ।

बडीमालिका नगर स्तरीय युवा संजालका अध्यक्ष सन्तोष विकको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा रहेकी थिईन् । कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी विक, बडीमािलकाका नगरप्रवक्ता धर्मराज पाध्याय, निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादु खड्का रहेका थिए ।

कार्यक्रममा बडीमालिका १ का वडा अध्यक्ष कृष्ण कार्की, २ का अध्यक्ष डम्वर बहादुर महत, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, कार्यपालिका सदस्य राजेश पायल विक लगायत अतिथि रहेका थिए । खुलामंचमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन नगर स्तरीय युवा संजालका सचिव विरेन्द्र रावलले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार