बाजुरा– जिल्लाका ९ वटा स्थानीय प्रत्येक ६९ वटै वडामा ६ महिना देखि ५९ महिनाका बालबालिकालाई शुक्रबारबाट भिटामिन ‘ए’खुवाउन थालिएको छ ।
जिल्लाका १२ हजार ४२९ बालबालिकालाई भिटामिन ‘ए’ र १० हजार ८१६ जना बालबालिकालाई जुकाको औषधी खुवाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।
६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधी खुवाइने कार्यक्रम रहेकाे जनाएकाे छ ।