शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दसैँको दिन पनि सम्झेनौ है प्रीया..

दसैँको दिन पनि सम्झेनौ है प्रीया..

  • आइतवार, अशोज २७, २०८१
दसैँको दिन पनि सम्झेनौ है प्रीया..

सबैलाई दसैँ आएको छ, घरमा खुसी छाएको छ
तर मलाई तिम्रो धेरै याद आएको छ
मलाई तिम्रो यादले सताएको छ!

मनमा आनन्द छैन खुसिको आभास छैन
दसैँको दिन समेत खास छैन
तिमिलाई धेरै मन पराउने म
सारा संसार भुलेर तिम्रै मायामा हराउने म
आजपागल प्रेमी बनी बहकिएको छु
भुइँमा पछारिएको छु!

तीन दिन देखि तिम्रो फौन
सुइच अफ बताउँछ,
मलाई यता भक्कानो छोडी
रुन मन लाउँछ!

फौन आउँछ कि भनेर आस गरिरहे
मोबाइल हेरिरहे मिस्कल समेत आएन
के तिमिलाई मेरो याद आएन?

म यो मायामा कहिले नपरेको मान्छे
तर तिमिलाई धेरै माया गरेको मान्छे
पहिलो चोटी मन पराएको तिमिलाई
आफ्नो सोचेको तिमिलाई
आज एकहोरो बनेको छु
एक्लो बनेको छु टोलाएको छु !

तिमिलाई रातदिन सम्झिरहने “मलाइ”
दसैँको दिन पनि सम्झेनौ है प्रीया
हिजो सम्झेनौ त्यति पिर परेन
अस्ति सम्झेनौ त्यति पिर परेन
आज मुटु छिया छिया परेको छ
सास फेर्नै मुस्किल छ उकमुकुस भएको छ
दसैँको दिन मेरो मन रोएको छ!

 

चर्चामा

सम्बन्धित समाचार