• होमपेज
  • राजनीति
  • नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र खैलावैला, सयभन्दा बढी नेताले दिए पार्टी छाड्ने चेतावनी

नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र खैलावैला, सयभन्दा बढी नेताले दिए पार्टी छाड्ने चेतावनी

  • मङ्लबार, अशोज २२, २०८१
नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र खैलावैला, सयभन्दा बढी नेताले दिए पार्टी छाड्ने चेतावनी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले ‘वाचाबन्धन’ उलङ्घन गर्दा पार्टीभित्र चरम निराशा र विभाजनको घण्टी बजेको नेताहरूले नै बताएका छन् । तीन नेताले गत असारमा सम्पन्न महाधिवेशन हलमा गरेको वाचाबन्धन उल्लङ्घन गर्दै महाधिवेशनपछि पदाधिकारी र पोलिटब्युरो चुनावमा गरेको क्रियाकलापले पार्टीमा चरम निराशा र विभाजनको रेखा कोरिएको नेताहरूको दाबी छ ।

ती नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई भेटेर तत्काल गल्ती नसच्याए पार्टी एकता कायम रहन नसक्ने चेतावनी नै दिन पुगेका छन् । डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महत र सागर नेपाल लगायत सयभन्दा बढी नेताहरूले सोमबार अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधान गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन तथा पदाधिकारी र पोलिटब्युरो कमिटी खारेज गर्न माग गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार