• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • दार्चुलामा जिप दुर्घटना

दार्चुलामा जिप दुर्घटना

  • बुधबार, अशोज ९, २०८१
दार्चुलामा जिप दुर्घटना

दार्चुला— शैल्यशिखर नगरपालिका–५ ओखडानीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । साँझ ५ बजेतिर ओखडानीमा सु.प.प्र.०१ ज १५९४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार बगौराबाट सत्केलातर्फ जाँदै गरेको जिप दुर्घटनामा शैल्यशिखर–४ रातापानीका अन्दाजी २४ वर्षीया हरिश धामी र मोहन धामी रहेका छन् । घाइते दुवै जनालाई गोकुलेश्वर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय गोकुलेस्वरले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार