• होमपेज
  • समाज
  • प्रस्तावित प्रधानन्यायधीस राउत विरुद्ध उजुरी, सिफारिस अनुमोदन नगर्न माग

प्रस्तावित प्रधानन्यायधीस राउत विरुद्ध उजुरी, सिफारिस अनुमोदन नगर्न माग

  • बुधबार, अशोज ९, २०८१
प्रस्तावित प्रधानन्यायधीस राउत विरुद्ध उजुरी, सिफारिस अनुमोदन नगर्न माग

बाजुरा– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध उजुरी परेको छ । ३ गते बसेको संसदीय सुनुवाइ समितिले सिफारिस प्रधानन्यायाधीश राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो । १० दिने म्याद सहीत उजुरी आह्वान गरिएकोमा बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत राउत विरुद्ध उजुरी परेको हो ।

राउत प्रधानन्यायाधीस हुन नैतिकरुपमा योग्य नहुने आरोप सहीत बाजुराका गगन ऐडीले उजुरी दिएका हुन् । भदौ ३१ गते सोमबार संवैधानिक परिषद् बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।  छोराको वीभत्स र क्रुर हत्या गरिएको मुद्दामा समेत राजनीतिक आग्रह राखेर घटनामा जोडिएकाहरुलाई उन्मुक्ती दिने गरि आदेश जारी गरेको आरोप सहीत ऐडीले राउतलाई प्रधानन्यायाधीसमा अनुमोदन नगर्न उजुरी दिएका हुन् । २०७९ को मंसिर ४ गते चेतनदीप अयडीको हत्या भएको थियो । संघ र प्रदेशको निर्वाचनकै बेला भएको विवादलाई लिएर घरमै पुगेर, लुकीरहेको व्यक्तिलाई बाहिर निकालेर ढुंगा र लाठिले कुटीकुटी हत्या गरिएको भीडियोमा समेत देखिने गरेको छ । घटनामा संलग्न रहेको आरोपमा परिवारका तर्फबाट त्यो बेला २४ जना विरुद्ध उजुरी दिएको थियो ।

राउतले उजुरी दिएका मध्ये ६ जनालाई धरौटी समेत नलिइ साधारण तारिखमा उन्मुक्ती दिएको र राजनीतिक आस्था र लाभबाट प्रभावित भएको आरोप आफन्तका तर्फबाट उजुरीमा उल्लेख छ । पूर्वाग्रही, पक्षपाती र कार्यक्षमताको अभाव भएका व्यक्तिलाई प्रधानन्यायाधीस बनाउनु नहुने माग उजुरीमा छ । न्यायलयको प्रमुख बनाउने विषय प्राविधिक योग्यताले मात्रै नहुने भएकोले निष्ठा, नैतिकता, निष्पक्षता, इमानदारीता र न्याय सम्पादनमा नेतृत्व क्षमता पनि चाहिने हुँदा राउतसँग त्यो नभएकोले अनुमोदन नगर्न भनिएको छ । उक्त घटनाको आदेश राउत र अर्का न्यायाधिस अब्दुल अजिज मुसलमानको सयुक्त इजालसले दिएको हो ।

कुनै दल निकट र दलिय आस्थामा रही न्याय सम्पादन गर्ने व्यक्तिलाई न्यायपालिकाकै प्रमुख बनाउने कुरा गम्भीर त्रुटी हुने विषय उजुरीमा उल्लेख गरिएको छ । राउत माथि चेतन अयडीको वीभत्स हत्यामा जोडिएका व्यक्तिलाई साधारण तारेखमा छोडेको विषयलाई उजुरीको प्रमुख कारण बनाइएको छ ।

उजुरीमा तत्कालिन अवस्थामा घटनासँग सम्बन्धी समाचारका लिंकहरु, घटनाको भिडियो, सम्बन्धीत मुद्दाको अभियोग पत्र, जिल्ला, उच्च र सर्वोच्च अदालतको आदेशको प्रति सहीत उजुरी दिएको गगन ऐडीले बताएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आगामी असोज १९ गतेदेखी अनिवार्य अवकाशमा जान लागेकाले संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश रावउलाई सिफारिस गरेको हो ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्म सर्वोच्च अदालतमा बिदा हुने भएकाले आगामी असोज १६ गते श्रेष्ठको कार्यकाल अन्त्य हुनेछ । संसदीय सुनुवाइ समितिले रावउको नाम स्वीकृत गरेमा उनी २०८२ साल चैत १७ गतेसम्म प्रधानन्यायाधीश हुनेछन् । कानुन व्यवसायी पृष्ठभूमिमा सर्वोच्च अदालतको न्यायाधीश बनेका रावतको जन्म २०१७ साल चैत १८ गते भएको थियो ।

२०७३ साउन १७ रावत सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका रावउत सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्ष समेत भएका रावतले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् । राउत विवादीत छवी र तत्कालिन श्रीमतिको किर्ते हस्ताक्षर घटनाले पनि चर्चामा रहेका न्यायाधिस हुन् ।

चर्चामा

सम्बन्धित समाचार