• होमपेज
  • राजनीति
  • पार्टी कार्यालयमा भेला भए सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता

पार्टी कार्यालयमा भेला भए सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता

  • सोमवार, अशोज ७, २०८१
पार्टी कार्यालयमा भेला भए सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् । सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ । पूर्वडीआइजी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो ।

सोही कारण हिजो साँझबाटै सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर बसिरहेका छन् । यस्तै कार्यकर्ताहरू पनि पार्टी कार्यालय पुगेका छन् । ‘यहाँ उपलब्ध सबै नेताहरू हुनुहुन्छ । कार्यकर्ताहरू पनि आउने क्रम जारी छ‚’ एक नेताले भने ।

सभापति लामिछानेले हिजो साँझै तयार भएर बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै शनिबार चीन पुगेका रास्वपा सांसद तथा नेताहरूलाई पनि देश फिर्ता बोलाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार