• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा संविधान दिवस बिबिध कार्यक्रम गरि मनाइने

बाजुरामा संविधान दिवस बिबिध कार्यक्रम गरि मनाइने

  • बुधबार, अशोज २, २०८१
बाजुरामा संविधान दिवस  बिबिध कार्यक्रम गरि मनाइने

बाजुरा– संविधान दिववकाे अवसरमा प्रभातफेरी कार्यक्रम लगायत बिबिध कार्यक्रम गरि मनाइने भएकाे छ । जिल्ला समन्वय समिति बाजुराले सार्वजनिक सुचना जारी गर्दै साे कार्यक्रममा उपस्थित हुन अनुराेध समेत गरेकाे छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ काे उपलक्ष्यमा  असाेज ३ गते प्रभातफेरी लगायतका कार्यक्रम रहेकाे जिल्ला समन्वय समिति बाजुराले जनाएकाे छ ।  भाेलि  बिहान ठीक ८ बजे खुला मञ्च मार्तडीमा उपस्थित भईदिनुहुन जिल्लास्थित राजनीतिक दलहरु, कर्मचारी, पत्रकार तथा सम्पूर्ण सराेकारवाला महानुभावहरुलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएकाे छ ।
साथै सम्पूर्णमा संविधान दिवसकाे अवसरमा  संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ लाई भव्यताका साथ मनाउन अनुराेध समेत गरिएकाे छ।  त्यसै गरि  घर, कार्यालयमा असाेज २,३ र ४ गते तीन दिन दिपावली गर्न र कार्यालय, सवारीसाधनमा नेपालकाे झण्डा फहराउन  समेत सार्वजनिक सुचना मार्फत अनुराेध गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार