• होमपेज
  • सुचना प्रबिधी
  • सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी

  • आइतवार, भदौ ३०, २०८१
सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी

सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को अध्यक्षमा पुनः अर्जुन गिरी निर्वाचित भएका छन् । ललितपुरमा जारी संघको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेसी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिव बन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजंग थापा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्य श्रीधर न्यौपानेले जानकारी दिए ।

कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध हुन नसकेका महिला उपाध्यक्ष पदमा मिना गुरुङ र खेमकुमारी पोखरेल, आदिवासी उपाध्यक्ष पदमा मिलन गाहा र पुष्पा चौधरी र कोषाध्यक्षमा तुला अधिकारी र रामनारायण सुवेदीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, केही प्रदेश समितिका संयोजक, सदस्य र समितिका सदस्यमा केही निर्विरोध निर्वाचित भएका छन् । बाँकीको आइतबार ३ बजेसम्म निर्वाचन सकिसक्ने तयारी भइरहेको सदस्य न्यौपानेले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेबाट निर्वाचन सुरु हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार