• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढी उपमहानगरपालिकाद्वारा सडक सफा गर्ने ‘रोड वासर’ सञ्चालन

धनगढी उपमहानगरपालिकाद्वारा सडक सफा गर्ने ‘रोड वासर’ सञ्चालन

  • मङ्लबार, भदौ २५, २०८१
धनगढी उपमहानगरपालिकाद्वारा सडक सफा गर्ने ‘रोड वासर’ सञ्चालन

धनगढी—कैलालीको धनगढी उपमहानगरपालिकाले सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ सञ्चालनमा ल्याएको छ।

उपमहानगरपालिकाले रोड वासरको पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्ने, सडकको किनारामा रोपिएको बिरुवामा पानी हाल्ने र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्ने काम गर्ने बताएको छ। धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धन गर्न रोड वासर मेसिन खरिद गरिएको हो।

रोड वासर मेसिनबाट आगलागीको बेला आगो निभाउन र महामारीका बेला औषधि छर्किन पनि प्रयोग हुने उपमहानगरपालिकाले जनाएको छ। कालोपत्र गरिएका सडकमा पानीको फोहरा दिएर सडक सफा गर्ने उद्देश्यले ‘रोड वासर’ खरिद गरिएको हो। ६९ लाख रुपैयाँ खर्चेर उपमहानगरपालिकाले रोड वासर मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको हो।

नगर प्रमुख गोपाल हमालले रोड वास मेसिनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवामा पानी हाल्ने काम गर्ने बताए। उनले धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धन गर्न ‘रोड वासर’ मेसिन खरिद गरिएको बताए।

धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ल्याएको रोड वासर मेसिनको सोमबार उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी उप प्रमुख कन्दकला रानाले सिटी बजाउँदै हरियो झण्डा देखाएर उद्घाटन गरेकी छन।

रोड वासर मेसिनको औपचारिकरुपमा उद्घाटनसँगै अब आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोग गरिने धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले बताए। पानीको ट्यांकीमा धेरै प्रकारका प्रविधि जडान गरेर ‘रोड वासर’ लाई प्रयोगमा ल्याउने उपमहानगरले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार