• होमपेज
  • राजनीति
  • एमाले सांसद्को माग : नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस्

एमाले सांसद्को माग : नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस्

  • बिहिबार, भदौ १३, २०८१
एमाले सांसद्को माग : नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस्

काठमाडौँ —नेकपा (एमाले) का सांसद किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संविधानले उन्नति र पहिचान नदिएकाले संशोधन गरी हिन्दु राष्ट्र बनाउन माग गरेका हुन् ।

‘हाम्रो सामु प्रश्न खडा भएको छ । हामीले सोचेका थियौँ, हाम्रो संविधान संविधानसभामार्फत आफैँ लेख्यौँ,’ उनले भने, ‘सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने तर, यो संविधानले उन्नति नै दिइराखेको छ । न त पहिचान त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔँ ।’

उनले धर्म निरपेक्ष राष्ट्र बनाउँदा विश्व स्वास्थ्य सङ्गठनको उम्मेदवारी दिँदा पनि हारिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार