• होमपेज
  • अन्तर्राष्ट्रिय
  • बंगलादेशका राष्ट्रपतिले भंग गरे संसद्

बंगलादेशका राष्ट्रपतिले भंग गरे संसद्

  • मङ्लबार, साउन २२, २०८१
बंगलादेशका राष्ट्रपतिले भंग गरे संसद्

ढाका- बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार एक आदेश जारी गर्दै देशको संसद्‍ भंग गरि दिएका छन् ।

राष्ट्रपति कार्यालयको प्रेस विभागले मंगलबार एक सूचना निकालेर संसद् भंग भएको जानकारी दिएको हो ।

उक्त सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ।

बंगलादेशमा यसै वर्ष ७ जनवरीमा चुनाव भएको थियो । त्यस चुनावमा शेख हसिना नेतृत्वको अवामी लीगले दुईतिहाइ बहुमत ल्याएको थियो ।

तर विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले राजीनामा दिएर देश छाडिसकेकी छन् । यस्तोमा सोमबार राष्ट्रपतिले एक आदेश जारी गर्दै बीएनपी नेता खालिदा जियासमेत कयौँ विपक्षी नेतालाई पनि नजर बन्दबाट मुक्त गर्न आदेश दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार